- दिलिप कुमार साह

राजविराज । राजविराजसहित जिल्लाका सप्तकोसी, कन्चनरुप, राजविराज, खडक, सुरुंगालगायतका नगरपालिका सहित अधिकांश स्थानीय तहमा डेंगुका बिरामी फेला पर्न थालेका छन् ।सप्तकोसी नगरपालिका–१ का पाँचजना भन्दा बढी बिरामीहरु उपचारको क्रममा रहेका छन् भने एक साताअघि विराटनगरस्थित नोबेल अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा सप्तकोसी–१ का ३३ वर्षीय सीताराम विष्ट र लिलाबहादुर खत्रीलाई डेंगु भएको पुष्टि भएको थियो । सप्तरीबाट करिब एक जर्नन डेंगुका बिरामी उपचारका लागि गएका स्थानीय विपिन पोखरेलले बताए ।गत साउनमा सप्तकोसी नगरपालिकाको स्वास्थ्य शाखाका सह–संयोजक नागेश्वर महतो सहित पाँच जना डेंगु विमारीबाट ग्रसित भएका थिए भने राजविराज स्थित गजेन्द्र नारायणसिंह सगरमाथा अस्पतालले २० दिनभित्रमा अझै चारजना डेंगुका बिरामीको उपचार गरको छ । यसैगरी कन्चनरुप नगरपालिकाका स्वास्थ्य संयोजक डम्बर गुप्ताले असार र साउनमा पाँचजनामा डेंगु पोजेटिभ देखिए पनि त्यसपछि बिरामी थपिएको विषयमा जानकारी नभएको दाबी गरे । यसैगरी, सप्तरीकोसी नगरपालिकाका स्वास्थ्य संयोजक जिवछ साहले पुराना पाँचजना बिरामीबाहेक थप बिरामीका बारेमा जानकारी नभएको प्रतिक्रिया दिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia