इनरुवाका लागि यामाहा ब्राण्डको मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता पाथिभरा ईन्टरप्राइजेजले यामाहा महा एक्सचेन्ज मेलाको आयोजना गर्ने भएको छ। इनरुवाको महान्नद चौक, पँचवटी पार्क (भगवती स्कुल छेउ) मा असोज १४ गते मंगललबार देखि सुरु हुने मेला १७ गतेसम्म चल्नेछ । मोटरसाइकल तथा स्कुटर पारखीहरुलाई यामाहा ब्राण्डमा अपग्रेड हुन आह्वान गर्दै हालसम्मकै ठूलो एक्सचेन्ज मेला आयोजना गरिएको पाथिभरा ईन्टरप्राइजेजका संचालक अमरेन्द्र कुमार मेहता (अखिलेश)ले जानकारी दिए । मेलामा जुनसुकै ब्राण्डका मोटरसाइकल लगेर एक्सचेन्ज गरी नयाँ यामाहा बाइक तथा स्कुटर चढेर जान पाइनेछ । कुनै पनि ब्राण्डको पुरानो मोटरसाइकल र स्कुटर एक्सचेन्ज गर्दा न्युनतम तीस हजार मूल्यांकन गरिने संचालक मेहताले जनाएको छ । मेला अवधिमा ग्राहकले जुनसुकै ब्राण्डका पुरानो मोटरसाइकल साथै स्कुटरको सबैभन्दा उच्चतम मूल्यांकन पाइने उनको दावी छ ।

मेलामा यामाहा ब्राण्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकलाई एक लाखसम्म क्यास छुट दिने अफर पनि छ । यसले ग्राहकलाई अझ धेरै उत्साहित बनाउने संचालक मेहताको विश्वास छ । मेलमा ‘अन द स्पोट फाइनान्स फ्यासिलिटि’ पनि दिइएको छ । कुनै बाइक, स्कुटर किन्दा फाइनान्स गर्न चाहानेलाई कम्पनीले मेला स्थलमै फाइनान्स सुविधा उपलब्ध गराउनेछ । यस्तै बाइक खरिद गर्दा निःशुल्क एक्सेसररिज पनि ग्राहकलाई दिइनेछ भने विभिन्न आकर्षक उपहारहरुको पनि व्यवस्था गरिएको छ । महाएक्सचेन्ज मेलामा फ्रि चेक अप क्याम्प, टेस्ट राइड, राइड कम्पिटिसन र डोर प्राइज पनि राखिएको छ। महाएक्सचेन्ज मेला इनरुवाको हालसम्मकै ठूलो एक्सचेन्ज मेला हुने अपेक्षा पाथिभरा ईन्टरप्राइजेजले लिएको छ ।










