- बिरेन्द्र शाह

इनरुवा। सजिलो कृषि सहकारी संस्था लि. भोक्राहा नरसिंह गाउपालिका ६ चिरौली चोकको छैठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। भोक्राहा नरसिंह गाउपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादवको प्रमुख आतिथ्यतामा उक्त साधारण सभा सम्पन्न भएको हो ।

कार्यक्रममा उतकृष्ट ७ जना सहकारी सदस्यहरुलाई सम्मान गरिएको थियो। कार्यक्रममा भोक्राहा नरसिंह गाउपालिकाका वडा अध्यक्षहरु, गाउपालिकाका सहकारी प्रमुख श्याम प्रसाद दाहाल तथा सहकारी सदस्यहरुको उल्लेखिय उपस्थिति रहेको थियो। भोक्राहा नरसिंह गाउपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादवले सहकारी संस्थाले देशैभरी निकै नै फडको मारिसके अवस्थामा सहकारीले साना वचतकर्ताकालागि अभिन्न अंगनै बनिसकेको छ।

उनले गाउपालिका भित्र रहेका सकृय सहकारी संस्थाहरुलाई प्रोतसाहित गर्दै गाउपालिकाको तर्फबाट गर्नु पर्ने सहयोगकालागि हामी सदैव त्तपर रहेको विचार व्यक्त गरे। उक्त सभामा नियमित बचत कर्ता संजय कुमार साह र बिरेन्द्र यादव तथा नियमित ऋणि कारोबार गर्ने कलिम अली र खूश्बु साहलाई सम्मान गरिएको थियो। संस्थाका अध्यक्ष हाजी इस्राइल मंसुरीको अध्यक्षतामा सभा सम्पन्न भएको थियो।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia