- दिपेन्द्र यादव

इनरुवा। सुनसरी जिल्लामा कृषि क्षेत्रमा काम गर्ने मजदुर पाउन छाडेपछि व्यावसायिक रुपमा आलु खेती गर्ने किसानहरुलाई समस्या हुन थालेको छ । जिल्लाका दक्षिणवर्ती क्षेत्रमा रहेका देवानगञ्ज गाउँपालिकाको राजगञ्ज सिनवारी, मध्यहर्षाही, कप्तानगञ्ज, देवानगञ्ज, हरिनगर गाउँपालिकाको हरिनगरा, भुटाहा, घुस्की, बसन्तपुर, इनरुवा नागरपालिकाको जल्पापुर, बविया, बलाहा, भोक्राहा नरसिंह गाउँपालिकाको नरसिंह र भोक्राहा, बराहक्षेत्र नगरपालिकाको प्रकाशपुर लगायतका ठाउँहरुमा व्यावसायीक आलु, गोलभेडा खेती गर्ने किसानहरुलाई मजदुर अभावका कारण व्यावसायीक खेती गर्न समस्या भएको भोक्राहाका किसान चन्दन मेहताले बताए । भोक्राहाका किसान मेहताका अनुसार गाउँमा थोरै आम्दानी र फोहर मैलामा काम गर्नुपर्ने भन्दै मजदुरहरु पाउन छाडेको उनले गुनासो गरे । ‘विदेशमा गएर काम गर्नको लागि त्यति सजिलो छैन, तर पनि कृषि मजदुर पाउन मुश्किल भएको छ’ उनले भने, ‘बिदेशबाट फर्केर घर आएका श्रीपुरका मनोज यादव भन्छन् म आफै पनि विदेशमा काम गरेर आएको हुँ, अहिले श्रीपुरमा व्यावसायीक परवल खेती गरेको छु । विदेशमा काम गर्न धेरै मेहनत गर्नु पर्दछ । लाखौँ खर्च गरेर विदेश जान्छन् तर यहाँको कृषि काम गर्न दुःख मान्छन् । केही समय काम गर्ने र छाड्ने समस्या भएपछि आफ्नै परिवारले काम गरेका छौँ।’ उनका अनुसार आफ्नो काम आफै गर्ने बानी बसाल्न सके यस्ता समस्याबाट चिन्ता लिनु पर्दैन । दुःख कम गरेर धेरै आम्दानी गर्ने चाहना सबैमा हुने गर्दछ । त्यही भएर कृषि क्षेत्रमा मजदुरको आकर्षण नबढेको हुन सक्छ ।’ कृषि पेशामा काम गर्ने मजदुरको संख्या हरेक वर्ष घट्दै जान थालेपछि बाली लगाउन, भित्र्याउन किसानलाई समस्या हुने गरेको कृषि ज्ञान केन्द्र सुनसरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia