इनरुवा। हरिनगर गाउँपालिकामा डेङ्गु बिरुद्धको सचेतना अभियान सञ्चालनमा आएको छ। हरिनगर गाउँपालिकाको विभिन्न क्षेत्रमा डेङ्गु संक्रमण फैलिएपछि उक्त अभियान सञ्चालनमा आएको हो।

हरिनगर गाँउपालिकाको सहयोग तथा एलाईन्स नेपालको सहकार्यमा हरिनगर गाउँपालिकाको सातै वटा वडा कार्यालय तथा स्वास्थ्य संस्थाहरुमा डेङ्गु ज्वरो सम्बन्धि जानकारीमुलक फ्लेक्स बोर्ड लगाइएको छ। उक्त फ्लेक्समा डेङ्गु ज्वरो के हो, यस्का लक्ष्णहरु कस्ता हुन्छन्, डेङ्गु सार्ने लामखुट्टेबाट कसरी बच्ने र यसका उपचार सम्बन्धि जानकारीहरु राखिएको छ। एलाईन्स नेपालका अध्यक्ष नईम अंसारीले डेङ्गु बिरुद्धको यो अभियानको थालनी मात्र रहेको र सचेतनामुलक कार्यक्रमहरुलाई नियमित्ता दिने धारणा व्यक्त गरे।

तपाईको प्रतिक्रिया