इनरुवा। इनरुवाकालागी यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता पाथिभरा इन्टरप्राइजेजबाट मोटरसाईकल खरिद गर्दा इनरुवा नगरपालिका वडा नं. ८ डुमराहाका अनिल साहले एक लाख नगद पुरस्कार प्राप्त गरेका छन्। चाडपर्वलाई लक्षित गरी राखिएको अफरमा मोटरसाइकल खरिद गर्दा दैनिक एक जना भाग्यमानीले लक्की ड्र मार्फत एक लाख नगद प्राप्त गर्ने योजना हुदा साहले उक्त पुरस्कार प्राप्त गरेका हुन ।

साहले FZS Fi V3 मोटरसाइकल खरिद गरेका हुन। देश भरीका आधिकारीक बिक्रेताहरु लक्षित गरी खोलिएको ग्राहक योजनामा लक्की ड्र बाट एक लाख नगद उपहार परेको पाथिभरा इन्टरप्राइजेजका संचालक अमरेन्द्र कुमार मेहता (अखिलेश) ले इनरुवा अनलाईनसंग बताए। पाथिभरा इन्टरप्राइजेजका संचालक मेहताले एक कार्यक्रमका बिच उक्त पुरस्कार बराबरको धनराशी चेक मार्फत बिजेता साहलाई हस्तान्तरण गरेका छन । पाथिभरा इन्टरप्राइजेजका संचालक मेहताका अनुसार हामीकाहा नया बाइक किन्दाको अफरमा भारि छुट, दैनिक लक्कि ड्र, स्क्राच कुपनमा नगद छुट, एस्चेन्ज अफर, फाईनानसको व्यवस्था ग्राहकहरुका माझ ल्याएकाछौ।








