इटहरी । माघ १ गते देखि सुनसरीको इटहरीमा सुरू हुन गइरहेकाे क्यान इन्फोटेक प्रदर्शनीको शिर्ष प्रायोजन प्रभु पे, एसोसिएट प्रायोजकमा वर्ल्डलिंक कम्युनिकेशन लिमिटेड,अफिसियल इन्सोरेन्स प्रभु इन्सोरेन्सले प्रायोजन गर्ने भएकाे छ। त्यस्तै प्लाटिनम स्पोन्सरमा पाइन अभाेरसिज प्रा.लि. सिल्भर प्रायोजनमा एनपिएभी टाेटल सेक्यूरिटी, एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिस र लर्ड बुद्ध एजुकेशन फाउण्डेसन रहेका छन् । त्यस्तै आइटी कलेज पटर्नरमा इटहरी इन्टरेशनल, गेमिङ पाटनर एम.एस.आइ.ले गर्ने भएका छन्। माघ १ गते देखि ५ गते सम्म इटहरी स्थित जनता स्कुलको खेल मैदानमा आयोजना हुने उक्त प्रदर्शनीका स्पाेनसरहरू लगभग अन्तिम चरणमा पुगेकाे र केही संग लिखित सम्झाैता गर्न बाँकी रहनुका साथै स्टल बुकिङ धमाधम भइरहेकाे क्यान सुनसरीका अध्यक्ष बिशाल बास्ताेलाले बताए ।

क्यान इन्फोटेक २०२० मा आइसिटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, रकेट प्रदर्शनी, रोबोटिक्स, इ–वेष्ट म्यानेजमेन्ट, वाइफाइ, इन्टरनेट र लर्निङ सेन्टर, आईटी कलेजका बिद्यार्थीद्वारा निर्माण गरेका प्रोजेक्ट तथा रोजगार केन्द्र मुख्य हुनुका साथै इन्फाेटेकमा अपरेटिङ सिष्टम सफ्टवेयर, नेटवर्किङ सोल्युशन, मोबाइल फोन तथा सोलुशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युशन, सोलार पावर सिष्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर, पावर सिष्टम, कम्प्युटर एक्सेसरिज, एन्टिभाईरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनहरु राखिने जनाइएकाे छ । त्यसै इन्फाेटेकमा आर्टिफिसियल ईन्टेलिजेन्स सम्बन्धि जानकारी, आईटी कलेज, बैंक, बीमा तथा लेखा सम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि पनि प्रर्दशनीमा रहने जनाइएको छ ।








