इनरुवा। सुनसरीका बिभिन्न स्थानीयतहहरुमा दादुरा रुवेला बिरुद्धको खोप लगाउने तयारी पुरा भएको छ। जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले सदमुकाम इनरुवामा पत्रकारहरुसंगको अन्तक्रिया कार्यक्रमको आयोजना गरेर दादुरा रुवेला बिरुद्धको खोप लगाउने तयारी पुरा भएको जनाएको छ । पहिलो चरणमा फागुन १ गते देखि ३० गते सम्म र दोस्रो चरणमा चैत्र १ गते देखि ३० गते सम्म जिल्लामा दादुरा रुवेला बिरुद्धको खोप लगाउने तयारी भएको स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाइले बताउनुभयो । खोप लगाउनका लागि जिल्लामा ४ सय ५० देखि ५ सय ५० वटा खोप केन्द्र निर्धारण गरिएको प्रमुख प्रसाइले बताउनुभयो ।

खोप लगाउनका लागि जिल्लामा ८ सय ७० जना खोप कार्याकर्ताहरु, १ हजार ३ सय ५० जना स्वमसेवक, हजार ९ सय ५५ दादुरा खोप बिरुद्धको औषधी, ५ हजार ८ सय ९९ पोलियो रोग बिरुद्धको औषधी(भाइल र ९ लाख ९५ हजार ३ सय ३४ वटा दादुरा रुवेला बिरुद्धको इन्जेक्सन(सिरिञ्च) प्रयोग गर्ने स्वास्थ्य प्रमुख प्रसाइले बताउनुभयो । पहिलो चरणमा धरान उपमहानगरपालिका, दुहबी, इनरुवा नगरपालिका, कोशी, हरिनगर, भोक्राहा र देवानगन्ज गाउपालिकामा दादुरा रुवेला बिरुद्धको खोप लगाउने तयारी भएको स्वास्थ्य प्रमुख प्रसाइले बताउनुभयो । त्यसैगरी दोस्रो चरणमा इटहरी उपमहानगरपालिका, रामधुनी, बराहक्षेत्र नगरपालिका, गढी र बर्जु गाउपालिकामा खोप सञ्चालन गर्ने तयारी भएको स्वास्थ्य प्रमुख प्रसाइले जानकारी दिनुभयो । जन्मे देखि ५ वर्ष सम्मका बालबालिकाहरुलाई दादुरा रुवेला बिरुद्धको खोप लगाउने तयारी भएको उहाँले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia