२०६३ सालमा सीमित महिलाहरुको पहलमा थालनी गरिएको सुनसरीको इनरुवा ३ सखुगावाछीको दुग्ध उत्पादक सहकारी संस्थाले ११ लाख बढी बचत गरेको छ ।२९ जना महिलाले ३ लिटर दुध संकलनबाट थालेको केन्द्रले हाल दैनिक ६० लिटर बढी दुध संकलन गर्दै आएको छ ।सहकारी संस्थामा आवद्ध महिलाहरुले १३ औं वार्षिक साधारण सभा मनाउँदै गर्दा दुध संकलन केन्द्रले झेल्दै आएको कठिनाई र समाजले हेर्ने दृष्टिकोणमा क्रमशः परिवर्तन आउन थालेको महसुस गरेको बताए ।

पुरुषहरुबाट साथ नपाउनु र महिलाहरुको पहलमा थालिएको कार्यलाई समाजले सुरुवातमा नरुचाएपनि जिल्लाकै उत्कृष्ठ बन्न सफल सहकारीका कारण आफुहरुमा आत्मविश्वास बढाएको संस्थाकी अध्यक्ष लक्ष्मी खड्काले बताइन् ।सहकारीमा हाल ५३ जना शेयर सदस्य छन् । मधेशा, इनरुवा र डुम्राहाबाट दैनिक संकलित हुने दुध र दुधजन्य परिकार स्थानीय बजारमा बिक्रि गर्दै आएको सहकारीले जनाएको छ ।कार्यक्रममा सेयर सदस्य तर्फ अम्बिका भण्डारी, र शोभा निरौला लाई सम्मान गरिएको थियो भने किसान तर्फ लोकबहादुर भण्डारी र सुकली देवी मोचीलाई सम्मान गरिएको थियो ।महिलाहरुले स्वयं आफ्नै पहलमा उक्त दुग्ध सहकारी संस्था संचालन गर्दै आएका छन् । साधारण सभामा जिल्ला सहकारीकी उर्मिला कटुवाल सहित संस्थाकी संस्थापक अध्यक्ष अम्बिका भण्डारीका साथै विष्णु गौतम, शर्मिला पोखरेल,सुधा तिम्सिना, विनिता दाहाल, सरिता घिमिरे, सीता निरौला, विनिता अधिकारी लगायतको उपस्थिति रहेको थियोे ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia