इनरुवा । इनरुवा नगरपालिका वडा नं. ९ दादुरा रुबेला खोप अभियान सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । इनरुवा नगरपालिका वडा नं. ९ मा रहेको बविया स्वास्थ्य चौकीमा बिहिबार उक्त कार्यक्रम सम्पन्न भएको हो। सरोकारवालाहरुलाई खोप अभियान सम्बन्धि जानकारी दिने उदेश्यले इनरुवा नगरपालिका ९ नं. वडा कार्यालय तथा स्वास्थ्य चौकी बवियाको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको भएको हो।

राष्ट्रिय अभियान अनतर्गत फागुन १ गते देखी ७ गते सम्म बवियामा दादुरा रुवेला खोप अभियान संचालन गर्न लागिएको इनरुवा नगरपालिका वडा नं. ९ बविया स्वास्थ्य चौकीका प्रमुख सन्तोष देवले जानकारी दिए । वडा सदस्य शान्ति देवी खत्वेको अध्यक्षतामा भएको सो कार्यक्रममा इनरुवा नगरपालिकाका स्वास्थ्य सहसंयोजक मिश्रिलाल मेहताले सहजिकरण गरेका थिए ।











