इनरुवा। ५७ युवा क्लबको आयोजनामा निःशुल्क आँखा जाँच शिविर इनरुवामा सम्पन्न भएको छ । इनरुवा अस्पताल भित्र रहेको आँखा तथा कान उपचार केन्द्रमा ५७ युवा क्लबको निःशूल्क आँखा जाँच शिबिर शनिबार समपन्न भएको हो । उक्त शिबिरमा २ सय १७ जना आँखाका बिरामीहरुले आँखा जाँच गराएको क्लबले जानकारी गराएको हो। जसमध्ये ४७ जना आँखाका बिरामीहरुमा मोतियाबिन्दु देखा परेको थियो ।

क्लवका अनुसार मोतियाबिन्दुका बिरामीहरुको शल्यक्रियामा लाग्ने सम्पुर्ण खर्च ५७ युवा क्लवले नै व्यहोर्ने भएको छ। इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले उक्त आँखा जाँच शिविरको उदघाटन गरेका थिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia