इनरुवा। वि.पि.को.स्वा.वि.प्रमा नर्सिङ विभाग अन्तर्गतको मास्टर नर्सिङ बाल विभाग दोस्रो वर्ष अध्यनरत र बि.एस.सि. नर्सिङ तेस्रो वर्षका विद्यार्थीहरुले खेलकुद सामाग्री प्रदर्शनीको कार्यक्रम आयोजना गरेका थिए। उक्त कार्यक्रममा विभिन्न उमेरका बालबालिकालाई उमेर उपयोगी खेलकुद सामाग्री प्रदर्शन गरिएको थियो। सामाग्री संगसंगै खेलकुदको महत्त्व बारेमा बालबालिका लगायत अभिभावकलाई शिक्षा दिइएको थियो।

मेट्रोन उपेन्द्र यादवका अनुसार यस कार्यक्रमको मुख्य उदेश्य आजभोलि बालबालिकामा खेलकुदको कमि, मोबाइलको ज्यादा प्रयोग देखिएकाले यस कार्यक्रमले खेलकुदलाई प्रोत्साहन गर्नु थियो। साथै यस कार्यक्रममा प्रदर्सन गरिएको सामाग्री घरेलु सामानको प्रयोग गरि सजिलै बनाउन मिल्ने खाल्का थिए । बाल वार्ड का बालबालिका, अभिभावक लागायत वि. पि.का कर्मचारी, चिकित्सक तथा स्वास्थयकर्मीहरुको उल्लेखनिय सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia