काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय बीउ बिजन कम्पनी लिमिटेडका प्रवन्ध सञ्चालक धर्मराज अधिकारी सहित सात जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । प्रबन्ध सञ्चालक धर्मराज अधिकारी, सञ्चालक समितिका अध्यक्ष र सदस्यहरु तथा कर्मचारीको मिलेमतोमा बीउ खरिद तथा आर्थिक मसान्त सकिएपछि पनि निजी बीउ व्यवसायीसँग मकै बीउ कम्पनीले खरिद गरेको विषयमा अख्तियारले छानविन गरेको थियो । सो प्रकरणमा दोषी देखिएपछि अख्तियारले अनियमितता गरेको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

तत्कालीन राष्ट्रिय बीउ बिजन कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक धर्मराज अधिकारी समेतको मिलेमतोमा कम्पनीको अनुदानमा कृषकहरुलाई उपलव्ध गराउने मकैको बीउ “कृषकहरुलाई उन्नत बीउ बिजन खरिद मूल्यमा अनुदान उपलब्ध गराउने सम्बन्धी कार्यविधी, २०६८“ अनुसार वितरण नगरी खरिद तथा बिक्री वितरण

क. तत्कालीन राष्ट्रिय बीउ बिजन कम्पनी लिमिटेड, कुलेश्वर, काठमाडौंका प्रबन्ध सञ्चालक धर्मराज अधिकारीलाई अनुदानमा विक्रि वितरण गर्नुपर्ने ११८.४६० (एकसय अठार दशमवल चार छ) मेट्रिकटन उन्नत जातको मकैको बीउ खरिद नै नगरी झुठ्ठा कागजपत्र बनाउने कार्य गरेको अभियोग लगाइएको छ । उनलाई राज्यको कोष दुरुपयोग गरी बीउ खरिद बिक्री वितरण गरेको देखाई नेपाल सरकारको अनुदान रकम ४६,१५,२०१ रुपैया बिगो कायम गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

ख. युनिक सिड कम्पनी प्रा.लि., धनगढी तथा कृषक सहयोग केन्द्र, धनगढी–१३, कैलालीका अध्यक्ष लक्ष्मीकान्त ढकालको हकमाः

राष्ट्रिय बीउ बिजन कम्पनी लिमिटेड, केन्द्रीय कार्यालय, कुलेश्वर, काठमाडौंसँग गरेको खरिद बिक्री सम्झौता अनुसार बिक्री गर्नुपर्ने उन्नत जातको मकैको बीउ कम्पनीमा नबुझाई प्रबन्ध सञ्चालकसँग मिलेमतो गरी ९० (नब्बे) मेट्रिकटन मकैको बीउ बिक्री गरेको भनी झुठ्ठा बिलहरु बनाई भुक्तानी लिएको अख्तियारको अनुसन्धानमा खुलेपछि उनलाई ३५ लाख ६ हजार ४ सय रुपैयाँ हिनामिना गरेको अभियोमाग सोही बराबरको बिगो कायम हुने गरी विशेष अदालतमा मुद्दा दर्ता भएको छ ।

उनले विभिन्न जिल्लाहरुबाट सहकारी तथा जिल्ला कृषि विकास कार्यालयको पत्र झिकाई बिक्री गर्दै नगरेको मकैको बीउ सहकारी संस्थालाई बिक्री गरेको भनी झुठ्ठा बिक्री विल बनाउन सहयोग गरी सहकारीले बुझाउनुपर्ने रकम आफ्नो कम्पनी तथा आफ्नो खातामा राखेको भन्दै अभियोग दर्ता भएको छ ।

ग. बिजबृद्धि कम्पनी प्रा.लि., पिठुवा (रत्ननगर(१५), चितवनका प्रबन्ध निर्देशक रामचन्द्र अधिकारीको हकमाः
राष्ट्रिय बीउ बिजन कम्पनी लिमिटेड केन्द्रीय कार्यालय कुलेश्वर, काठमाडौंसँग गरेको खरिद बिक्री सम्झौता अनुसार बिक्री गर्नुपर्ने उन्नत जातको मकैको बीउ कम्पनीमा नबुझाई २८.४६० (अठ्ठाइस दशमलव चार छ जिरो) मेट्रिकटन मकैको बीउ प्रबन्ध सञ्चालकसँग मिलेमतोमा बिक्री गरेकमा थिए । उनलाई ११ लाख ८ हजार ८ सय १ रुपैयाँ हिनामिना गरेको अभियोगमा मुद्दा दर्ता भएको छ । उनले मकैको बीउ कहाँ कुन कार्यालयलाई बुझाएको थाहा नभई झुठ्ठा बिलहरु बनाई भुक्तानी लिएको र उक्त परिमाणको मकैको बीउको सहकारी संस्थाले बुझाउनुपर्ने रकम ने.बै.लि. रत्ननगर, चितवन र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, कालिमाटी शाखाबाट बुझाउन लगाई लाभ लिएको अभियोग पत्रमा उल्लेख छ ।

घ. राष्ट्रिय बीउ बिजन कम्पनी लिमिटेड, केन्द्रीय कार्यालय, कुलेश्वर, काठमाडौंका तत्कालीन का.मु. महाशाखा प्रमुख रेवती रमण ओझाको हकमाः

कृषकहरुलाई उन्नत बीउ बिजन खरिद मूल्यमा अनुदान उपलब्ध गराउने सम्बन्धी कार्यविधी , २०६८ अनुसार राष्ट्रिय बीउ बिजन कम्पनी लिमिटेडले नेपाल सरकारको अनुदानमा बिक्री वितरण गर्नुपर्ने उन्नत जातको ११८.४६० (एकसय अठार दशमवल चार छ जिरो) मेट्रिकटन मकैको बीउ खरिद नै नगरी मिति २०७४÷०२र०३ गते र मिति २०७४÷०२÷२५ गते भुक्तानी दिन गलत पत्र तयार गरी पत्राचार गरेको अभियोग छ । उनलाई ४६,१५,२०१ रुपैयाँ विगो कायम हुने गरी भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

ङ. राष्ट्रिय बीउ बिजन कम्पनी लिमिटेड, केन्द्रीय कार्यालय, कुलेश्वरका तत्कालीन आर्थिक महाशाखा प्रमुख महेश कुमार पौडेलको हकमाः

तत्कालीन आर्थिक महाशाखा प्रमुख महेश कुमार पौडेललाई ४६ लाख १५ हजार २ सय १ रुपैयाँ विगो दावी गर्दै भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अभियोग– मकैको बीउ खरिद बिक्री नै नभएको अवस्थामा सोको भुक्तानी गर्ने गलत चेक तयार गरेको मकैको बीउ खरिद पछाडिको मिति र सहकारीलाई बिक्री गरिएको भनिएको मिति अगाडि गरिएको प्रष्ट हुँदाहुँदै आफ्नो कार्यमा गम्भिरता नदेखाई कागजातहरु चेकजाँच नगरी भुक्तानी गरेको अभियोग छ । उनले भौचर तयार गरी गोदाममा बीउ प्राप्त नै नभएको अवस्था हुँदाहुँदै माल प्राप्ति मितिभन्दा पहिलेकै मितिमा ११८.४६० (एकसय अठार दशमवल चार छ जिरो) मेट्रिकटन मकैको बीउ बिक्री गरेको भन्ने झुठ्ठा कागजपत्र तयार गरी सप्लायर्ससँगको मिलेमतोमा बीउ बिक्री वितरण गरेको अभियोग पत्रमा उल्लेख छ ।

च. राष्ट्रिय बीउ बिजन कम्पनी लिमिटेड, केन्द्रीय कार्यालय, काठमाडौंका आर्थिक महाशाखाका तत्कालीन शाखा अधिकृत बिन्दु थापाको हकमाःआर्थिक महाशाखाका तत्कालीन शाखा अधिकृत बिन्दु थापालाई ४६ लाख १५ हजार २ सय १ रुपैयाँ विगो दावी गर्दै भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अभियोग– उनले मकैको बीउको भुक्तानीका लागि उठाएको भौचरको चाज गर्ने महलमा सही गरी गोदाममा प्राप्त नै नभएको माल प्राप्ति मितिभन्दा पहिला कै मितिमा बिक्री वितरण गरेको झुठ्ठा कागजात भएको जान्दाजान्दै मकैको बीउ बिक्री गरेको झुठ्ठा कागजपत्र तयार गरी सप्लायर्ससँगको मिलेमतोमा अनियमितता गरेको अभियोग छ ।

छ. राष्ट्रिय बीउ बिजन कम्पनी लिमिटेड, केन्द्रीय कार्यालय, कुलेश्वरमा तत्कालीन आर्थिक महाशाखामा कार्यरत बरिष्ठ सहायक सुरेन्द्रमान श्रेष्ठको हकमाः

तत्कालीन आर्थिक महाशाखामा कार्यरत बरिष्ठ सहायक सुरेन्द्रमान श्रेष्ठ विरुद्ध ४६ लाख १५ हजार २ सय १ रुपैयाँ विगो दावी गर्दै भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अभियोग – मकैको बीउको भुक्तानीका लागि उठाएको भौचर तयार गर्ने महलमा सही गरी गोदाममा प्राप्त नै नभएको माल प्राप्ति मितिभन्दा पहिलेकै मितिमा बिक्री वितरण गरेको झुठ्ठा कागजात भएको जान्दा जान्दै मकैको बीउ बिक्री गरेको झुठ्ठा कागजपत्र तयार गरी सप्लायर्ससँगको मिलेमतो गरेको अभियोग छ ।

ज. राष्ट्रिय बीउ बिजन कम्पनी लिमिटेड, केन्द्रीय कार्यालय, कुलेश्वरका बरिष्ठ सहायक स्टोरकिपर धर्मेन्द्र कुमार झाको हकमाः

बरिष्ठ सहायक स्टोरकिपर धर्मेन्द्र कुमार झा विरुद्ध ४६ लाख १५ हजार २ सय १ रुपैयाँ विगो दावी गर्दै भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अभियोग – मकैको बीउको भुक्तानीका लागि उठाएको भौचरबाट रकम भुक्तानी गर्दा माल प्राप्त रिपोर्टमा गोदामकिपरको स्थानमा सही गरी झुठ्ठा कागजात भएको र गोदाममा माल प्राप्त नभएको भनी जान्दा जान्दै मकैको बीउ बिक्री गरेको झुठ्ठा कागजपत्र तयार गरी सप्लायर्ससँगको मिलेमतो गरी अनियमितता गरेको अभियोग छ । राजधानीबाट।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia