- गोविन्द बस्नेत

धरान / कोरियामा काम गरेर फर्किएका धरानका एक जनालाई सञ्चार माध्यमहरुले जथाभावि रुपमा कोरोना भाइरस भएको व्यक्ति भन्दै कोट गरेर समाचार लेखेको प्रति उनका आफन्तहरुले गुनासो पोखेका छन् । कोरियामा ३१ महिना काम गरेर फागुन २० गते फर्किएका उनलाई सामान्य रुघा खोकी लागेर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सन्त्रास फैलिएको बेला धरान १० का ती व्यक्ति आफै टकु अस्पताल लगेको र टेकुमा आइसुलेसनमा एक्लै राखेपछि झ्यालबाट उनी भागेका उनका आफन्तहरु बताउछन् ।

रिपोर्ट पनि केही नआएको बेला र अहिले रुखा खोकी, घाटी दुख्ने ज्वरो आउने केही लक्षण नै नभएका अहिले विपीमा पुनः चेक गराइरहेका उनलाई चिकित्सकहरुले समेत हेर्न नगएको भन्दै आफन्तहरु आक्रोसित बनेका छन् । मानसिक रुपमा विक्षिप्त भएका ती व्यक्तिलाई पुन बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा लग्दा समेत बीपीका चिकित्सकहरुले वेवास्ता गरेका उनका आफन्तले आरोप लगाएका छन् । कोरोना भाइरसको कुनै सिन्ट्रम नदेखिएका मानिसलाई विरामीलाई ढुक्कसंग र निर्धक्कसंग बस्ने वातावरण बनाउन बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसुलेसनमा छुट्टै राखे पनि धेरै समय चिकित्सक छेउमा समेत नगएको विरामीको आफन्तको गुनासो छ । विरामी भनिएका व्यक्तिको आमा केही बर्ष पहिले मुटुको समस्याबाट बीपीमै मृत्यु भएपछि डिफ्रेशनमा परेका कारण मानसिक रुपमा विक्षिप्त व्यक्ति भएपनि सामाजिक सञ्जाल, समाचार माध्यमले अनर्गल रुपमा कोरोना भाइरस भएको व्यक्ति भन्दै प्रचार गरेको प्रति आफन्तले आक्रोस पोखेका छन् ।

कोरोना भाइरसको संक्रमणलाई छुट्टै उपचार गर्ने गरी क्रममा रुघा खोकी लागेपछि टेकु अस्पतालमा कोरोनाको आशंकामा टेकु अस्पतालमा उपचार भइरहदा भागेर धरान घर आएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका विरामी यहाँबाट पनि भागेका छन् । बुधबार आफन्तले प्रतिष्ठानमा राखेर उपचार गराउन लगेका उनलाई आइसुलेसनवार्डमा उपचार भइरहेको अवस्थामा उनी बिहिबार राती भागेका थिए । उपचारमा आएका विरामीलाई चिकित्सकले वास्ता नगरेको प्रति चिकित्सकहरु भने त्यो नभएको बताउछन् । प्रतिष्ठानका सह प्रवक्ता डा. अशोक ऐयरले विरामीमा कुनै सिन्टम नै नदेखिएको र उनको स्वाव टेष्टका लागि टेकु पठाइएको बताउनुभयो । विरामी भनिएका व्यक्तिमा त्यस्तो कुनै सिन्ट्रम नदेखिदा रिपोर्ट नआउन्जेल छुट्टै आइसुलेसनमा राख्नुबाहेक अर्को विकल्प नभएको बताउदै रिपोर्ट नआउन्जेल चिकित्सकको काम नै नहुने बताउनुभयो ।

जे होस् पछिल्लो समय मौसम परिवर्तनका कारण सामान्य रुखा खोकी, ज्वारो आउदा समेत कोरोना भाइरस भयो भन्ने त्रास जनमानसमा हुन थालेको छ । वास्तविक कुरा नबुझी गर्ने हल्लाका कारण अहिले सर्वत्र त्रासको सिर्जना भएको छ । यसतर्फ सबै सचेत हुन आवश्यक छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia