झापा। झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर ४ मा जारी जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगितामा पूर्वेली क्लब बिर्तामोड र मेची नेत्रालय ट्रेनिंग सेन्टर काँकडभिट्टा आज भिडने भएका छन् । स्थानीय गणेश माध्यमिक विद्यालयको प्राङ्गणमा हुने खेल दिउँसो ३ बजेपछि सुरु हुने खेलमा राष्ट्रिय स्तरका खेलाडीहरुको समेत सहभागिता रहने छ ।

यसअघि हिजो भएको खेलमा मुनाल क्लब चन्द्रगढीले शिवसताक्षी फुटवल क्लब झिलझिलेलाई ट्राइब्रेकरमा ३–२ गोल अन्तरले पराजित गरेको थियो । मुनाल क्लब चन्द्रगढी र शिवसताक्षी फुटवल क्लब झिलझिले २–२ गोलको बराबरीमा स्तब्ध भयो । खेलको १४ औं मिनेटमा शिवसताक्षीका सन्दिप बस्नेतले पहिलो गोल गरे । खेलको २६ औं मिनेटमा मुनाल क्लबका शक्ति राईले गोल गरे भने खेलको ५५ औं मिनेटमा कर्ण लिम्बुले टिमको लागि दोस्रो गोल गरे लगत्तै खेलको ५७ औं मिनेटमा शिवसताक्षीका बिक्रम राईले गोल गर्दै खेललाई बराबरीमा पु¥याएपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । मुनाल क्लब चन्द्रगढीको गोलकिफ बिप्लब राई खेलको म्यान अफ दि म्याच घोषित भए । १० टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ र उप–विजेताले ३० हजार नगदसहित ट्रफि, प्रमाणपत्र र मेडल प्राप्त गर्ने आयोजक समितिका सचिव नवराज खतिवडाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia