काठमाडौं । धनकुटा नगरपालिका–९ मुलघाटस्थित तमोर नदीमा एकजना भारतीय नागरिक शनिबार नदीमा डुबेर बेपत्ता भएका छन् । भारतको विहार राज्यको पूर्णिया घर भइ विराटनगरको नोबेल मेडिकल कलेजमा अध्ययनरत २६ वर्षीय भिनित शर्मा नदी किनारमा सेल्फी खिच्न खोज्दा चिप्लिएर नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ। दिउँसो करिब १ बजे साथीहरुसँग उक्त स्थानमा गएका उनी बेपत्ता भएका हुन्।

बेपत्ता भएका उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी सुदर्शन कोइरालाले जानकारी दिए। शर्मालाई दिनभरि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको टोली खोजी गरेको भएपनि फेला नपरेको जनाइएको छ। अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia