- दिलिप कुमार साह

राजविराज । कोरोना भाइरस संक्रमितको प्राथमिक उपचारका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आइसोलेसन वार्ड संचालनमा ल्याईएको छ ।नेपालमा कोरोना भाईरसका विरामी फेला नपरेपनि छिमेकी भारतमा संक्रमितको संख्या बढ्न थालेपछि राजविराजमा पनि आईसोलेसन वार्ड संचालन गरिएको हो । आईसोलेसनका लागि २ वटा वेड तयार गरिएको मेडिकल सुपरिटेन्डेन्ट चुमनलाल दासले वताए ।

शंका लागेका विरामीलाई छुट्टै वार्डमा राखी निगरानी तथा उपचार गर्नको लागि आईसेलेसनको आवश्यकता रहेको डा. दासले बताउनुभयो । उहाँले भन्नुभयो – संक्रमण फैलन नदिको लागि आईसोलेसनलमा राखेर सर्पाेटिङ्ग उपचार मात्रै गर्ने तर अवस्था गम्भिर देखियो भन्ने तोकिएका अस्पतालमा पठाउन छौ ।विरामीको चाप बढयो भने आईसोलेसन वेड थप गर्नका निम्ति निर्माणाधिन प्रसुति गृहको भवन पनि प्रयोग गर्न सकिने छलफल भईरहेको डा. दासले जानकारी दिनुभयो । ‘वेडको ब्यवस्थापनि भएपछि पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) को आवश्यक्ता पर्छ’ उनले थपे–‘सम्वन्धित ठाउँमा हामीले प्रयास गरिरहेका छौं। चाँडै नै त्यसको पनि ब्यवस्थापन हुन्छ ।’कोरोनाको संक्रमणबाट शनिवारसम्म विश्वका १ सय ४९ देशमा फैलिएको छ । कोरोनाको कारण ५ हजार ७ सय ९८ जनाको मृत्यु भएको छ भने १ लाख ५४ हजार हजार २ सय ७९ मानिस संक्रमित भएका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia