इनरुवा। विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस(कोविड १९) बिषयमा परीक्षण गर्नका लागि सुनसरीको दुइ वटा सीमा नाकामा हेल्थ डेक्स स्थापना गरिएको छ । भारतीय सीमा संग सीमा जोडिएको सुनसरीको देवानगन्ज गाउपालिकाको कप्तानगन्जमा र कोशी गाउपालिकाको भाण्टाबारीमा हेल्थ डेक्स स्थापना गरिएको स्वास्थ्य कार्यालय सुनसरीका भूपज थापाले बताउनुभयो ।
भारतमा कोरोना भाइरसको सक्रमण भएको बिरामी भेटिएपछि स्वास्थ्य कार्यालय सुनसरी र कोशी गाउपालिका तथा देवानगन्ज गाउपालिकाको पहलमा भाण्टाबारी र कप्तानगन्जमा हेल्थ डेक्स स्थापना गरिएको स्वास्थ्य कार्यालयका थापाले बताउनुभयो । भारतको नागरिक नेपाल प्रवेश गर्न लागेको बेला कोरोना भाइरस संक्रमित भएको लक्षण देखिए नेपाल तर्फ प्रवेशमा रोक लगाउने र नेपाली नागरिकमा त्यस्तो लक्षण भेटिए सम्बन्धित ठाउमा उपचार गर्नका लागि पठाउने उद्धेश्यका साथ हेल्थ डेक्स स्थापना गरिएको स्वास्थ्य कार्यालका थापाले बताउनुभयो ।








