इनरुवा। सुनसरीको विभिन्न नगरपालिका र गाउँपालिकामा रहेको देवी देउताको थान र मठ मन्दिरमा स्थानीयहरुले पुजापाठ गर्न थालेका छन् । सरकारले लकडाउन गरेको बेला शारिरिक दुरी कायम गर्दै स्थानीयहरुले आ आफ्नो गाउँटोलको नजिकको देवी देउताको थान र मठ मन्दिरमा स्थानीयहरुले पुजापाठ गर्न थालेका हुन् । धेरैले प्रकृतिको देउता रिसाएर कोरोना भाईरस संसारभर फैलिएको र आफूहरुको गाउँटोल , नगर देशमा नआओस भन्ने कामनाका साथ देवी देउताको थान र मठ मन्दिरमा स्थानीयहरुले पुजापाठ गर्ने गरेको इनरुवा ९ बबियाकी भोलादेवी यादवले बताउनुभयो ।
इनरुवाको लकडाउनका बीचमा पनि भगवती मन्दिर, दुर्गा मन्दिर, हनुमान मन्दिर, तिनठडाहा थान, राजाजी डिहवार थान, सलहेस थान सहितका दर्जन बढी देवी देउताको थान र मठ मन्दिरमा स्थानीयहरुले साझँपख दिप प्रज्वलन गरि पुजापाठ गर्ने गरेका इनरुवा २ की सोभा मेहताले बताउनुभयो । गाउलेहरु लकडाउनको पालना गर्दै शारिरिक दुरीको समेत ध्यानमा राखी दिप प्रज्वलन गर्ने, पुजापाठ गर्ने, शंक र घण्ट बजाउने गरेको मेहताले बताउनुभयो । एकसता यता इनरुवा, गढी, दुहवी, देवनागञ्ज, कोशी, भोक्राहा नरसिंह, रामधुनी, इटहरी, बराहक्षेत्र सहितका स्थानीय तहका विभिन्न देवी देउताको थान, ग्रामथान, देवी थान र मठ मन्दिरमा स्थानीयहरुले पुजापाठ गर्ने गरेका छन् ।
https://www.facebook.com/inaruwaonline/videos/614731475776870/?t=4
https://www.facebook.com/inaruwaonline/videos/2556782324537525/?t=0








