इनरुवा। सुनसरीको दुहबी नगरपालिका ९ मा रहेको जय बाबा इँटा उद्योग र गढि गाउपालिका १ मा रहेको अनन्द इँटा उद्योगले सरकारले लागु गरेको लकडाउनलाई उलङ्घन गरेको स्थानीयहरुले गुनासो गरेका छन । कोरोना भाइरसको त्रासका कारण नेपाल सरकारले लकडाउन गरेको भएपनि दुहबी ९ र गढी १ मा रहेको इटा उद्योगले त्यसको बेवास्ता गरेको दुहबी ९ का स्थानीय जाकीर हुसेनले गुनासो गर्नुभयो ।

इटा उद्योगहरुले १ हजार भन्दा बढी भारतीय मजदुरहरु राखेर काम गराइ रहेको बिषमा स्थानीय प्रशासन तथा जनप्रतिनीधिहरुलाइ भन्दा उनीहरुले कुनै वास्ता नगरेको स्थानीयहरुको भनाइ छ । देश लकडाउन भएको अवस्थामा इटा भट्टमा कार्यरत भारतीय मजदुरहरुले निर्वाद रुपमा काम गरिरहेको र गाउ घरमा समेत पस्ने गरेका कारण आफुहरुलाई समस्या भएको स्थानीय मोहमद ताविज हुसेनले बताउनुभयो ।

सरकारले लकडाउन गरेका बेला भिडभाड नगर्न तथा अति आवश्यक काम वाहेक घर बाहिर न निस्कन आदेश दिएको भएपनि गढी १ मा रहेको आनन्द इटा र दुहबी ९ मा रहेको जय बाबा इटा भट्टामा काम गर्ने भारतीय मजदुरहरुले निर्वाद रुपमा काम गरिरहेको स्थानीयहरुको भनाइ छ । उद्योगहरुले भारतीय मजदुर राखेर निर्वाद रुपमा लकडाउनका बेला काम गरेका कारणले स्थानीयहरुमा कोरोना भाइरसको त्रास उत्पन्न भएको भन्दै आक्रोशित समेत भएका छन । सयौको संख्यामा उद्योगहरुमा काम गर्ने पश्चिम बंगालका भारतीय मजदुरहरु रहेको र उनीहरुले किनमेल गर्ने बाहानामा गाउँ घुम्ने गरेका कारण आफुहरुमा कोरोना भाइरसको त्रास उत्पन्न भएको स्थानीय हुसेनले गुनासो गर्नुभयो ।

यता दुहबी ९ का वडा अध्यक्ष मेहदी हुसेनले इटा उद्योग संचालनको बिषयमा आफुलाई जानकारी नभएको बताउनुभयो । उहाँले उद्योगमा रहेको मजदुरहरुले काम गरिरहेको बिषयमा स्थानीयहरुले आफुलाई जानकारी नगराएको बताउनुहुदै उद्योगमा मजदुरहरुले काम गरेको पाए त्यस्ता उद्योगलाई नेपाल सरकारले लागु गरेको नियम अनुसार कारवाही गर्ने बताउनुभयो । यता गढी गाउपालिका १ का वडा अध्यक्ष शंकरलाल चौधरीलाई उद्योग संचालन भएको बिषयमा उहाँको मोवाइल नम्वर ९८४२१८२०२१ मा सम्पर्क गर्न खोज्दा उहाँको मोवाइलको स्वीच अफ रहेको पाइएको थियो ।

सुरक्षाका पोशाक सहित स्वास्थ्यकर्मी, मेयर मेहताले भनेः नगर भित्रका गोरेटो बाटो समेत बन्द गर्ने

सुरक्षाका पोशाक सहित स्वास्थ्यकर्मी, मेयर मेहताले भनेः नगर भित्रका गोरेटो बाटो समेत बन्द गर्ने

Gepostet von Inaruwa Online am Samstag, 28. März 2020

नगरको भित्रि भागमा वास्ता गर्दैन्न “होम क्वारेन्टाईन”

हामीलाई प्राप्त भिडियो अनुसार इनरुवा नगरपालिकाको वडा नं. १ र ३ को बिच भागको खालि चौरमा लकडाउनको वास्ता नगरी महिलाहरुको गफगाफ चल्दै गरेको तथा बालबालिका तथा वयस्कहरु खेल्दै गरेको देख्न सकिन्छ। यस गतिविधिले प्रष्ट बुझ्नसकिन्छ कि नेपाल लगायत विश्वभरि फैलिएको कोरोना भाईरसको त्रासले यस भिडियोमा भएका व्याक्तिहरुलाई छोएको छैन। सरकारले जनतालाई कोरोना भाईरसको संक्रमणबाट बच्न घन्काउदै आएको “होम क्वारेन्टाईन” नारालाई यस भिडियोमा सिधै वेवास्ता गरेको देखिन्छ।

Gepostet von Inaruwa Online am Donnerstag, 26. März 2020

तपाईको प्रतिक्रिया

trusted online casino malaysia