धरान। वीपी प्रतिष्ठानमा पछिल्लो १२ स्वाबको रिर्पोट नेगेटिभ रहेकाे छ । स्वाब टेष्ट गर्ने प्रदेश नम्बर एकको एक मात्र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले कोरोना ल्याब टेष्टको पछिल्लो रिर्पोट सार्वजनिक गरेको हाे । कोरोना संक्रमणको आशंका गरिएका बिरामीहरुको स्वाब परिक्षण गर्न थाले यता प्रदेश १ का ५० जनाको नमूना संकलन गरेको थियो । जसमा हालसम्ममा ४८ जनाको रिर्पोट आईसकेको छ । ४८ जनाकै स्वाब टेष्टमा रिर्पोट नेगेटिभ आएको प्रतिष्ठानका सह प्रवक्ता डा.अशोक ऐरले जानकारी दिएका छन् । ऐरका अनुसार अब २ जनाको रिर्पोट मात्र आउन बाँकी रहेको छ र अहिलेसम्म प्रदेश नम्बर १ कोरोना संक्रमणका व्यक्ति नभेटिनु सुःखद पक्ष भएको डा. ऐरले बताए ।

प्रदेश १ को विभिन्न ठाउँबाट संकलन भएको १४ वटा स्वाबमध्ये आइतवार साँझ १२ वटा स्वाब मात्र परिक्षण गरिएको थियो । प्रतिष्ठानमा हरेक पटक १२ वटा स्वाब संकलन भएपछि मात्र परीक्षण हुने गरेको डा. ऐरले जनाए । वीपीमा आइतवार सम्ममा २२७ जना सम्पर्कमा आएका छन् । ती मध्ये २०२ जनालाई होम क्वारेन्टाइन ताथा १४ जना सरकारी क्वारेन्टाइनमा पठाइएको प्रतिष्ठानले जनाएको छ । आइसोलेसनमा रहेका ११ जना उपचार पछि घर फर्किएका छन् ।

https://www.facebook.com/inaruwaonline/videos/614731475776870/?t=4
https://www.facebook.com/inaruwaonline/videos/2556782324537525/?t=0

तपाईको प्रतिक्रिया

trusted online casino malaysia