लाटीदेवी एकेडेमीको आयोजनामा बलाहामा सुरु दोस्रो टोल स्तरीय फुटबल प्रतियोगिताको उद्घाटन खेलमा किसान टोल बिजयी भएको छ ।
प्रतियोगिता अन्र्तगतको पहिलो खेलमा किसान टोलले नेवार टोललाई २–१ गोल अन्तरमा पराजित गरेको हो ।


बिजयी टिमकालागि जय चौधरी र सुरज चौधरीले गोल गरे । पराजित नेवार टोलका समिर श्रेष्ठले १ गोल फर्काए । खेलको म्यान अफ दी म्याद सुरज चौधरी घोषित भए ।
प्रतियोगिताको उद्घाटन वडा नम्बर ५ का अध्यक्ष अनिल पोखरेलले गरेका थिए । प्रतियोगिता संचालन पूर्व लाखे सहितको झाँकी प्रर्दशन गरिएको थियो ।
लाटीदेवी एकेडेमी इनरुवा ५ बलाहाले संचालनमा ल्याएको प्रतियोगितामा वडा नम्बर ५ को सहयोग रहेको छ । अध्यक्ष पोखरेलले खेलकुदमा युवा शक्ति उत्पादन तथा उनीहरुमा उत्प्रेरणा जगाउन फुटबल खेल आयोजकलाई वडाले प्रोत्साहन गरेको बताए ।
६ वटा टिमले सहभागिता जनाएको प्रतियोगिताका खेलहरु शारदा अमर शान्ति सृजना आधारभुत विद्यालयको प्राङ्गणमा भैरहेको छ । प्रतियोगिता अन्र्तगतको दोस्रो खेल हिमाली टोल र आदर्श टोलबिच हुनेछ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia