लाटीदेवी एकेडेमीको आयोजनामा बलाहामा जारी टोल स्तरीय फुटबल प्रतियोगिताको दोस्रो खेलमा हिमाली टोल बिजयी भएको छ ।
प्रतियोगिता अन्र्तगतको दोस्रो खेलमा हिमाली टोलले थारु आर्दश टोललाई ३–१ गोल अन्तरमा पराजित गरेको छ ।
बिजयी टिमकालागि पिताम्बर चौधरी, बिकास देवकोटा र आकाश देवकोटाले गोल गरे । पराजित टिमका लागि अनिल मण्डलले एक गोल गरे । खेलको म्यान अफ दी म्याद सुरज अनिल मण्डल चुनिए ।
प्रतियोगिताका खेलहरु अमर शान्ति सृजना आधारभुत विद्यालयको प्राङ्गणमा भैरहेको छ । प्रतियोगिता अन्र्तगतको आजको खेल भेट्रान क्लब बलाहा र नेवार टोलबिच हुनेछ ।