- पुष्पराज चौलागाईं

काठमाडौं । एकातिर व्यक्तिको तीव्र महत्वाकांक्षा,अर्कातिर त्यसलाई पूरा गर्ने सरकार र समाजको सीमित सामर्थ्य- यो अवस्थाको परिणाम विकराल समस्याका रूपमा प्रकट हुँदैछ । इलामका प्रेमप्रसाद आचार्यको आत्मदाहसँगै हाम्रो समाजको यो भयावह पाटो उजागर भएको छ ।

मृत्यु ढिलोचाँडो निश्चित भए पनि जटिल रोगसँग भिडेर समेत आफ्नो आयु लम्ब्याउन मरिमेट्ने प्राणी हो मानिस । र पनि, कोही मानिस आफ्नो जीवन सिध्याउन उद्यत हुन्छन् । त्यस्ता अकाल मृत्युहरूमा समाजभित्र गुम्सिरहेका समस्या प्रकट भइरहेका हुन्छन् । मंगलबार नयाँबानेश्वरको संसद भवन अगाडि इलामका ३७ वषर्ीय प्रेमप्रसाद आचार्यले आफैंमाथि आगो लगाएर गरेको मृत्युवरणले पनि त्यही देखाएको छ ।

अहिले आत्महत्या जनस्वास्थ्यमा ठूलो चुनौतीको रूपमा देखिएको छ’ वरिष्ठ मनोचिकित्सक डा. सरोज वझा भन्छन्, ‘आत्महत्याको तथ्यांक हेर्दा २० देखि ४० वर्षसम्मको हिस्सा ठूलो देखिन्छ । यो त धेरै उत्पादनशील उमेर समूह हो ।’वंशाणुगत, मनोवैज्ञानिक र सामाजिक कारणले मानिसमा मानसिक समस्या सिर्जना हुने गर्छ । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार ९५ प्रतिशत आत्महत्या मानसिक समस्यासँग जोडिएका हुन्छन् । आर्थिक, सामाजिक, पारिवारिक, व्यक्तिगतलगायत तनावले कडा डिप्रेसन भएपछि मान्छेले आत्महत्याको बाटो रोज्ने डा. वझा बताउँछन् ।उनका अनुसार, आफूलाई सिध्याउने सोचको अवधि यति नै हुन्छ भन्ने हुँदैन । त्यो कुरा व्यक्तिको व्यक्तित्व, मनोसामाजिक अवस्था र जीवनशैलीले निर्धारण गर्छ । ‘आफू बितेपछि परिवारको बिचल्ली नहोस् भनेर सम्पत्ति नामसारी गरिदिने, छोराछोरी कसैको जिम्मा लगाइदिने, कारोबारका कुराहरू सुसाइड नोटमा लेखेर छोड्नेले योजनाबद्ध आत्महत्या गरेको मानिन्छ’, डा. पन्तले थप्छन्

आत्महत्या गर्नु अगाडिका संकेत

मनोचिकित्सकहरूका अनुसार आत्महत्या गरेका हरेक १० मध्ये ८ जनाले त्यसअघि कुनै न कुनै माध्यमबाट संकेत दिएका हुन्छन् । कसैले आत्महत्याबारे कुरा गरे, तरिकाहरूबारे सोधखोज गरे गम्भीर भइहाल्नुपर्ने डा. वझा बताउँछन् । उनी भन्छन्, ‘त्यस्तो बेला नजिकका मानिसले महत्व नदिए परिणाम दुःखद हुनसक्छ ।’वझाका अनुसार आत्महत्या गर्नेले मन मिल्ने साथी, आफ्नो श्रीमान्, श्रीमती, परिवारसँग कुनै न कुनै रूपमा त्यसको संकेत गरेका हुन्छन् । त्यस्तो बेला गम्भीरतापूर्वक सुनेर, सहयोगी वातावरण बनाएर उसलाई त्यसबाट रोक्न सकिन्छ ।मनोचिकित्सकहरू आत्महत्याका समाचारको रिपोर्टिङ तथा सम्प्रेषणमा मिडिया संवेदनशील र उत्तरदायी जरूरी हुने बताउँछन् । ‘अरूमा पनि गहिरो मनोवैज्ञानिक असर पार्न सक्ने हुनाले सुसाइड नोट सार्वजनिक गर्नुहुँदैन’ डा. पन्त भन्छन्, ‘मर्नेको घरपरिवारको गोपनीयता कायम राख्नुपर्छ र आत्महत्या गरेको परिस्थितिबारे विस्तृतमा खुलाउन हुँदैन ।’कसैले पटक-पटक निराशावादी कुरा गरिरहे, आत्महत्याको सोच पलाए वा त्यस्तो सोच विकास भएको संकेत पाए तत्काल ११६६ नम्बरमा फोन गरेर परामर्श लिन सकिने जानकारी उनले दिए । ‘एक कल फोनले सम्भावित ठूलो दुर्घटना रोक्न सक्छ । समस्या परे भनौं, जीवनलाई निराशामा नफालौं’ डा. वझाले भने ।अनलाइन खबरकाे सहयाेगमा

तपाईको प्रतिक्रिया

trusted online casino malaysia