सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा आफ्नै बारीमा आलु रोप्दै गरेकी एक बालिकाको करेन्ट लागेर निधन भएको छ । जुगल गाउँपालिका-३ गुम्बा याङ्सामाने डाडा बस्ने मिङमार दोर्जे तामाङको छोरी वर्ष १४ की नुर्जी वाङमु तामाङको निधन भएको हो ।

घरनजिकै रहेको आफ्नै बारीमा सोमबार दिउँसो आलु रोप्ने क्रममा ११००० भोल्टेजको प्रसारण लाईनको बिजुलीको पोलमा छुन जाँदा करेन्ट लागेर घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । पानी परेकाले विद्युट सर्ट भएर पोलमा नै करेन्ट लागेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia