सिमकोट हुम्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिकामा नि:शुल्क आँखा शिविर सञ्चालन गरिएको छ । उक्त शिविरमा २८ पुरुष र ३५ महिलाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ ।

यही चैत २८ र २९ गते शिविर सञ्चालन गरिएको हो । शिविरमा मोतियाबिन्दु र आँखामा मासु पलाएका बिरामीको शल्यक्रिया गरिएको थियो । आँखा शिविरबाट चार सय ७८ बिरामीले सेवा प्राप्त गरेका गाउँपालिकाका स्वास्थ्य संयोजक धनराज ढकालले जानकारी दिए।

सेवा लिनेमा दुई सय ६१ पुरुष र दुई सय सात महिला छन् । उपचार गर्न आएका एक सय ९० जनालाई चश्मासमेत नि:शुल्क वितरण गरिएको छ । यसअघि आँखाका बिरामीले उपचारका लागि तीन-चार दिन हिंडेर सदरमुकाम सिमकोट जानुपर्ने बाध्यता थियो ।

गाउँपालिकाका अध्यक्ष लालकेश जैसीका अनुसार शिविरमा ११ चिकित्सकले बिरामीको जाँच गरेका थिए । नेपाल नेत्रज्योति सङ्घको आर्थिक, नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोग तथा ताँजकोट गाउँपालिकाको आयोजनामा शिविर सञ्चालन गरिएको हो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia