मानिसको जन्म अनुसार राशि तय हुन्छ । राशि अनुसार स्वभाव तय हुन्छ । जन्मजात प्राप्त गरेको स्वभाव परिवर्तन असम्भव छ ।त्यही स्वभावका कारण मानिस कुन स्थानमा पुग्ने, कस्तासँग जीवन निर्वाह वा संगत गर्ने भन्ने तय हुन्छ । तर यस्ता केही राशिहरुबीचको मिलन असफलतामा परिण हुन्छ । छोटो समयमा नै सम्बन्ध टुट्छ । आज हामी यही विषयको चर्चा गरिरहेका छौ ।
सिंह र मकर राशि : आफू हावी हुनु सिंह राशिको स्वाभाविक गुण हो । यो राशिका मानिसले अरुलाई दवाउन खोज्छन् । मकर राशिका व्यक्तिलाई त्यस्तो पटक्कै मन पर्दैन । यसैले टकराव भइरहन्छ । यदि सम्बन्ध नबिग्रिएमा पनि यी दुई राशिबीच खुशीले जीवन कट्न पाउँदैन ।
वृश्चिक र मिथुन : वृश्चिक राशिलाई हरेक चीज गहिराईबाट बुझ्ने बानी हुन्छ, जहाँ मिथुन राशिको व्यवहार एकदम रहस्यमयी हुने बताइन्छ । यस्तो अवस्थामा वृश्चिकलाई मिथुनप्रति विश्वास कम हुँदै जान्छ । सम्वन्ध छिटो टुट्छ ।
मीन र तुला : तुला राशिका व्यक्ति प्राय आफ्नो आवश्यकता पूरा जसरीपनि गर्छन् । मीन राशिका मानिस आफ्नो जोडीमा निर्भर रहन्छन् । यद्यपी, मीनलाई यसप्रति खासै आपत्ति हुन्न, तर आँफूलाई तुला राशिका लागि आवश्यक रहेको ठान्ने भूल गर्छ र सम्मान नमिलेमा उनका लागि तनावको कारण बन्न सक्छ ।
धनु र कर्कट : कर्कट राशिलाई आफ्नो परिवार र घरसँग निक्कै लगाव हुन्छ, तर पनि धनुका लागि यसले समस्या उत्पन्न गराउँछ । धनु राशिका व्यक्ति सँधै नयाँ सिक्ने इच्छामा हुन्छन् र कर्कट राशिलाई सुझाव दिन एकदमै मनपर्छ । यद्यपी, कर्कट राशिको व्यवहार धनु राशिलाई अधूरो लाग्छ ।
कुम्भ र कन्या : कुम्भ राशिका व्यक्ति थोरै स्वार्थी हुन्छन्, जहाँ कन्या राशिका व्यक्ति त्यागमयी हनुका कारण आवश्यकताभन्दा बढी आफ्नोभन्दा अरुको बारेमा चिन्ता गर्छन् । त्यस्तै, कन्या राशिले मनोविज्ञान पनि बुझ्छ, जो कुम्भ राशिको मनोस्थितिलाई बदल्ने प्रयत्न गर्छ ।
तुला र वृष : आर्थिक मामिलामा यी दुवै राशिबीच एउटै प्रकारको राय हुन्छ, तर यी दुवै राशि एक–साथ रहनु असम्भव जस्तै हो । वृष राशि पैसालाई लिएर खासै बहस गर्न मान्दैन, यस कारण तुला राशिका व्यक्तिलाई वृषको साथ निभाउँन गाह्रो हुन थाल्छ ।










