इलाम । शिलामन्दिर इलाम जिल्लाको माईजोगमाई गाउँपालिका वडा नम्बर २ तत्कालिन जोगमाई गाविस दोभानमा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । पशुपतिनाथको दोश्रो रुप मानिने इलाम जिल्लाको प्रसिद्ध धार्मिकस्थल शिलामन्दिरमा रहेको छ ।यहाँ अलौकिक शिलाबाट बनेको मुर्तिलाई महादेवको साक्षत रुप मानेर पूजा गरिन्छ । जे मागेपनि प्राप्त हुने र अहिलेकै युगमा समेत भइरहेकाले मानिसहरुको निक्कै आस्था छ ।

विशेषगरी सन्तान नहुने दम्पतीहरु यहाँ पूजा गर्न पुग्छन् । लगत्तै फल मिलेको कयौँ उदाहरणहरु छन् । जीवन्त उदाहरणका कारण मानिसहरुको ठूलो आस्था छ । तपाईहरुलेपनि लेखेर सेयर गर्न सक्नुहुनेछ ।











