नुवाकाेट । दुप्चेश्वर महादेव मन्दिर नुवाकोट जिल्लाको राउतबेसी गाविसमा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । पशुपतिनाथको दोश्रो रुप मानिने नुवाकोट जिल्लाको प्रसिद्ध धार्मिकस्थल दुप्चेश्वर महादेवमा विशेष मेला लाग्ने गर्दछ । यहाँ अलौकिक शिलाबाट बनेको मुर्तिलाई महादेवको साक्षत रुप मानेर पूजा गरिन्छ ।

जे मागेपनि प्राप्त हुने र अहिलेकै युगमा समेत भइरहेकाले मानिसहरुको निक्कै आस्था छ । विशेषगरी सन्तान नहुने दम्पतीहरु यहाँ पूजा गर्न पुग्छन् । लगत्तै फल मिलेको कयौँ उदाहरणहरु छन् । बच्चाको बाक्य आएन भनेपनि यहाँ दर्शन गराएपछि बोल्न थालेका धेरै जीवन्त उदाहरण छन् ।

नुवाकोट जिल्ला सदरमुकामदेखि ३५ किलोमिटर पूर्वको राउतवेशी गाविसको गौचरनमा रहेको मन्दिरमा विशेषत सन्तान नहुनेहरू सन्तान माग्न आउने गरेको विश्वास गरिन्छ । पौराणिक कथन अनुसार चार सय वर्ष अघि स्था नीय एक तामाङको दुहुनो गाई हराएपछि खोजी गर्दै जाँदा पहरोमा दुध चढाइरहेको भेटिएकाले उक्त ठाउँमा दुग्धेश्वर महादेव रहेको विश्वासमा प्रत्येक वर्ष धान्य पूर्णिमाका दिन विशेष मेला लाग्दै आएको छ ।

मेला भर्न राजधानी काठमाडौँ, धादिङ, रसुवालगायत मुलुकका विभिन्न भागबाट भक्तजन पुग्ने गर्दछन् । मेलामा तामाङ, शेर्पा जातिका परम्परागत संस्कृतिको प्रदर्शन र स्थानीय उत्पादनहरूको बिक्री वितरण समेत हुने गरेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia