मुस्ताङ । हिन्दू र बौद्ध धर्मालम्बीहरुको आस्थाको केन्द्र मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरमा दैनिक एक हजार तिर्थालु पुग्ने गरेका छन् ।स्थानीयबासिन्दाले धार्मिक स्थल मुक्तिनाथ मन्दिरको पूर्वाधार विकासमा ध्यान दिन सरकारलाई आग्रह गरेका छन् ।दर्शनार्थी बढेसँगै स्थानीय क्षेत्रको आर्थिक पर्यटनमा पनि बल पुगेको छ । गत वर्षभन्दा यसवर्ष ३५ प्रतिशतले तिर्थालु बढेका छन् । मुुक्तिनाथ विकास समितिका रविन सुवेदीले देश विदेश दुबैका श्रद्धालु बढेको बताए ।हैदरावादबाट आएकी भारतीय तिर्थालु डा.ंंकविताले आफुहरु १ सय ८ दिब्यदेशमा यात्राका लागि मुक्तिनाथ आएको बताइन । उनले सबैले मुक्तिनाथ पुग्न गाहे हुने बताए पनि आफु भगवान सम्झिदै आएको बताईन् ।हिउँदको चिसो सकिएर वर्षायाम शुरु भएको र नयाँ वर्षको आगमनमा बसन्त ऋतुको खुल्ला मौसममा नेपालभित्रका र भारतीय तिर्थालु दर्शनका लागि ओइरिएका हुन् ।मुक्तिनाथ दर्शन गर्ने तिर्थालुको भीडले मन्दिर परिसर भरिन थालेको छ । पछिल्लो समय मुस्ताङ यात्रा सहज भएपछि तिर्थालुको संख्या बढेको हो ।पाँच वर्षअघि सीमित होटल रहेकामा अहिले दर्जनौ स्तरीय होटल संञ्चालनमा छन् । तीर्थयात्रु रानीपौवा बसपार्कदेखि मुक्तिनाथसम्म तीन किलोमिटर भने पैदलै वा घोडामा चढेर पुग्दछन् ।

रानीपौवा, झारकोट, खिड्डा, छेङ्गुर र झोङका युवाले तिर्थालुलाई घोडामा पुर्‍याउन रोजगारी पाएका छन् ।कालिगण्डकी करिडोर अन्तर्गतको बेनी जोमसोम सडकखण्ड निर्माण भैईरहदा सडकको अवस्था सहज भएको र यातायातमा सिन्डिकेट हटेपछि तिर्थालुको संख्या बढेको अस्थायी ट्राफिक कार्यालय जोमसोमले जनाएको छ ।मुस्ताङमा नयाँ वर्षसँगै दिनहुँ सयौंको संख्यामा सार्वजनिक सवारी, निजी, हरियो प्लेटका सवारी साधन र मोटरसाईकल भित्रिने गरेको छ ।हवाई सेवामार्फत पनि मुस्ताङमा ठूलो संख्यामा भारतीय पर्यटक पुग्ने गरेका छन् । जोमसोम नागरिक उड्ययन कार्यालयका अनुसार तारा एयरलाईन्स, नेपाल वायुसेवा निगम र समिट एयरलाईन्सले दैनिक १५ वटासम्म उडान भर्ने गरेका छन् । जसमा अधिकांश भारतीय पर्यटक र केही तेश्रो मुलुकका पर्यटक हुन्छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia