इलाम । भारतको पश्चिम बङ्गालस्थित दार्जिलिङ जिल्लामा हुने पञ्चायत जनरलका कारण नेपाल संग जाेडिएकाे सिमाना इलामकाे पशुपतिनगर नाका शिल गरिएकाे छ । इलामको पशुपतिनगर नाका शिल भएपछि बजार सुनसान हुन पुगेका छन भने दार्जेलिङ घुम्न आएका पर्यटकहरू आधाबाटाेबाटै फर्किएका छन । निर्वाचनलाइ मध्यनजर गर्दै नाका तीन दिनका लागि शील गरिएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।
बिहीबार साँझ ५ बजे शील गरिएपछि शुक्रबार र शनिबार बजार सुनसान भएको हो । नाका सञ्चालन हुदा ‘भारत, बङ्गलादेश, भुटानलगायत पर्यटक आउने र व्यवसाय चहलपहल हुने गरेकाे त्यहाका व्यापारीहरू बताउछन । नाका नै शिल भएपछि पर्यटकहरूकाे आगमन सुनसान हुदा व्यापार शुन्य बनेकाे व्यवसायीहरू बताउछन । दार्जिलिङमा आज उक्त निर्वाचन हुँदैछ । आज बेलुकी ५ बजेपछि मात्र नाका खुल्ला हुने इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए ।










