काठमाडाै । नामिबियासमेत सम्मिलित टी–२० आई त्रिकोणात्मक सिरिजमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्दै फाइनल यात्रा तय गरेको छ । पाहुना टोलीले दिएको १२१ रनको लक्ष्य पछ्याएको नेपालले १५.२ ओभर खेल्दै ४ विकेटको क्षतिमा जित निकालेको हो। शनिबार भएको सिरिजको पाँचौँ खेलमा पनि नेपालले जित निकाल्दै सिरिजको फाइनल यात्रा तय गरेको हो।

नेपाल पहिलो खेलमा नेदरल्यान्ड्सँग २ रनले पराजित भएको थियो। नेपालले शुक्रबार नामिबियालाई ३ रनले पराजित गरेको थियो। जितसँगै ४ खेलबाट ४ अंक जोडेको नेपाल अंक तालिकाको दोस्रो स्थानमा रहँदै फाइनमा पुगेको हो। ३ खेलबाट ४ अंक भएको नेदरल्यान्ड्स अंक तालिकाको शीर्ष स्थानमा छ। ३ खेलमा २ अंक भएको नामिबिया २ अंकमा अंक तालिकाको तेस्रो स्थानमा छ।

सिरिजमा आइतबार नामिबिया र नेदरल्यान्ड्स खेल्नेछन्। नेदरल्यान्ड्सले दिएको १ सय २१ रनको सामान्य लक्ष्य नेपालले १५.२ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो। तेस्रो विकेटका लागि कप्तान रोहित पौडेल र गुसनल झाले ८६ रनको साझेदारी गरेपछि नेपालले सहज जित निकालेको हो। रोहित ४६ रनमा क्याच आउट भए। ३४ बलमा ३ चौका र १ छक्का हानेका रोहित भिभियन किंग्माको बलमा क्याच आउट हुन पुगे।

गुलशन झा ३८ रन बनाउँदा आर्यन दत्तको बलमा बोल्ड आउट भए। गुलसनले ३६ बलमा २ चौका र १ छक्का प्रहार गरे। दीपेन्द्र सिंह ऐरी ४ र कुशल मल्ल २ रनमा नटआउट रहे। नेपालले तेस्रो ओभरमा नै दुबै ओपनरलाई गुमाएको थियो। तेस्रो ओभरका तेस्रो बलमा भिभियन किंगमको बलमा ओपनर कुशल भुर्तेल १२ रन बनाउँदा क्याच आउट भए।

सोही ओभरको पाचौँ बलमा आशिफ शेख ८ रन बनाउँदा बोल्ड आउट भए। त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्स ३ बल अगावै १ सय २० रन बनाउँदा अलआउट भयो। नेदरल्यान्ड्सलाई कम स्कोरमा रोक्न प्रतिश जिसीले तीन विकेट लिए। करण केसी र कुशल मल्लले समान २ विकेट लिए। दिपेन्द्र सिंह ऐरिको नाममा एक विकेट रह्यो।

नेदरल्यान्ड्सका लागि ओपनर म्याक्स ओ डाउडले बनाएको ३१ रन नै सर्वाधिक रह्यो। दशौँ ओभरमा कुशल मल्लले दुई विकेट लिए। कुशलले दशौँ ओभरमो पाचौँ बलमा नोए क्रोसलाई ३ रनमा क्याच आउट गराए। लगत्तै अर्को बलमा आर्यन दत्तलाई शुन्य रनमा नै बोल्ड आउट गरे। त्यसअघि प्रतिन जिसीले नवौँ ओभरमा दुई विकेट लिएका थिए। प्रतिशले नवौ ओभरको पहिलो बलमा कप्तान स्कट इवार्डलाई १८ रनमा बोल्ड आउट गरे।

सोही ओभरको पाँचौँ बलमा म्याक्स ओ डाउडलाई ३१ रनमा बोल्ड आउट गर्दै पेभेलियनको बाटो देखाए। उनले २४ बलमा ४ चौका र १ छक्का हाने।
प्रतिशले नै १५ औँ ओभरको तेस्रो बलमा तेजा निडामनुरुलाई ५ रनमा बोल्ड आउट गरे। १८ औँ ओभरको चौथो बलमा दिपेन्द्र सिंह ऐरिले टिम भान डेर गुटेठनलाई २४ रनमा बनाउँदा सोमपाल कामीको हातबाट क्याच आउट गराए।कायल केलिन शुन्य रनमा नै रन आउट भए। भिभियन कांग्मा ४ रन बनाउँदा रन आउट भए।

त्यसअघि अलराउण्डर करण केसीले पहिलो ओभरमा नै दुई विकेट लिए। करणले ओभरको चौथो बलमा ओपनर माइकल लेभिट ४ रनमा आउट गराएका थिए। करणले माइकललाई ४ रन बनाउँदा दिपेन्द्र सिंह ऐरिको हातबाट क्याच आउट गराए।योसँगै दीपेन्द्र नेपालका लागि क्याच आउट गराउने खेलाडीको सूचीमा शीर्ष स्थानमा आएका छन्। टी–२० आईमा दीपेन्द्रले २४ औँ क्याच लिएका हुन्। यसअघि कुशल भुर्तेलले २३ क्याच लिएका थिए। करणले पहिलो ओभरकै अन्तिम बलमा सेब्रड एंगेलब्रेटाई शुन्य रनमौ पेभेलियनको बाटो देखाए।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia