२४ फागुण, उदयपुर / दक्षिण कोरियाको राजधानी सोलमा एक नेपाली विद्यार्थीले एशिया न्यु प्रेसिडेन्ट फेलोसिप अवार्ड हासिल गरेका छन् । सोल नेशनल युनिभर्सिटीमाको कलेज अफ मेडिसिनमा फङ्सनल एण्ड मलिक्युलर ल्याबमा पिएचडी गरिरहेका उदयपुर बेल्टार बसाहा नगरपालिका वडा नं.–२ बस्ने रमेश गुप्ताका छोरा अरुण गुप्ताले ‘एशिया न्यु प्रेसिडेन्ट फेलोसिप अवार्ड’ हासिल गरेका हुन् ।प्रत्येक वर्ष ३ जना पिएएचडीका विद्यार्थीलाई दिइने यो अवार्ड प्राप्त गर्ने पहिलो नेपाली विद्यार्थी रहेको युनिभर्सिटीले बताए । हालै आयोजित एक कार्यक्रममा युनिभर्सिटीका प्रेसिडेन्ट डा. न्याक इन सङले उक्त अवार्ड गुप्तालाई हस्तान्तरण गरेका थिए । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट मेडिकल इमेजिङमा विएस्सी गरेका उनले अल इन्डिया इन्सिच्युट अफ मेडिकल साइन्सबाट न्युक्लियर मेडिसिनमा मास्टर्स गरेका हुन् । गुप्ता केही महिनाअघि मात्रै पिएचडी अध्यनका लागि कोरिया पुगेको परिवारिक स्रोतले बताएका छन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बराहक्षेत्र नगरपालिकामा व्यावसायिक लेखा तालिम सम्पन्न
इनरुवा। बराहक्षेत्र नगरपालिकाको सभा हलमा आज एक समारोहका बिच व्यावसायिक लेखा तालिम कार्यक्रमको औपचारिक समापन भएको छ। चैत्...
सरकारी विज्ञापन वितरण निर्णयविरुद्ध महासङ्घ सुनसरीको आपत्ति,
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०८२ चैत १८ गते जारी गरेको सरकारी विज्ञापन वितरणसम्बन्धी निर्णयप्रति आपत्ति...
नेपाल दशनामी समाज सुनसरीको सातौं अधिवेशन सम्पन्न
इनरुवा। नेपाल दशनामी समाज, सुनसरी जिल्ला कार्यसमितिको सातौं जिल्ला अधिवेशन सम्पन्न भएको छ। केन्द्रीय कार्यवाहक महासचिव अ...
हुण्डी कारोबारको शंकामा दुई जना नियन्त्रणमा, लाखौं नगद बरामद
इनरुवा। सुनसरीको कोशी गाउँपालिका वडा नं. ०८ भण्टावारी क्षेत्रमा चैत्र २७ गते बिहान ०८:३० बजे इलाका प्रहरी कार्यालय भण्टा...
माग भन्दा छ गुणा बढी आवेदन
इनरुवा — व्यावसायिक प्रशिक्षण केन्द्र इटहरीको आयोजनामा आर्थिक वर्ष २०८२/८३ का लागि इनरुवा नगरपालिकामा सञ्चालन हुने २२० घ...
रामधुनी नगरपालिकामा पुनः एकीकरण कार्यक्रम
रामधुनी नगरपालिका, सुनसरीमा पुनः एकीकरण योजना (ReMi) अन्तर्गत GALS अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। चैत्...









