नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलरको मूल्य स्थिर छ ।यूरो, युके पाउन्ड स्टर्लिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलरको मूल्य बढेको छ ।अमेरिकी डलरको भाउ स्थिर रही एकको खरिददर १३८ रूपैयाँ ६२ पैसा र बिक्रीदर १३९ रूपैयाँ २२ पैसा तोकिएको छ

अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ६२ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ २२ पैसा, युरोपियन युरो एकको खरिदर एक सय ४५ रुपैयाँ ४५ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ । त्यसैगरी युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपैयाँ ४७ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ २३ पैसा कायम गरिएको छ ।

स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ १२ पैसा र बिक्रीदर एक सय ५४ रुपैयाँ ७८ पैसा तय गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ०५ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९८ रुपैयाँ १५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ४९ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ ९३ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia