स्वरोजगार लघुवित्त वित्तीय संस्थाले फागुन १८ गतेदेखि थप सार्वजनिक निष्कासन (एफपिओ) निष्कासन गर्ने भएको छ।लघुवित्तले १ करोड ९५ लाख ७७ हजार ३०० रूपैयाँ बराबरको प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यका १ लाख ९५ हजार ७७३ कित्ता सेयर निष्कासन गर्न लागेको हो।लगानीकर्ताले उक्त सेयरका लागि फागुन २१ गतेसम्म आवेदन दिन सक्नेछन्।
उक्त अवधिभित्र सम्पूर्ण कित्ताका लागि आवेदन नपरेमा निष्कासन अवधि चैत ३ गतेसम्म लम्बिनेछ।सो एफपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।कम्पनीलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता मध्यम जोखिम रहेको जनाउँछ।








