सुनसरी जिल्ला आजबाट पूर्ण रुपमा खुल्ला दिशा मुक्त भएको छ । इनरुवामा आयोजित औपचारिक समारोहकाबिच कृषि, सहकारी तथा भूमि सुधार राज्य मंत्री रामकुमारी चौधरीले सुनसरी जिल्लालाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरेकी हुन् ।

जिल्ला खानेपानी तथा सरसफाई स्वच्छन्ता समन्वय समिति सुनसरीले आयोजना गरेको घोषणा समारोहमा प्रदेश एकका को आयोजनामा जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको हो ।

घोषणा समारोहमा प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रि जगदिस प्रसाद कुसियैत, प्रमुख प्रतिपक्षी दलका नेता राजिब कोइराला सहित सरोकारवालाहरुको उपस्थिती रहेको थियो । जिल्ला समन्वय समिति सुनसरीका प्रमुख गोपालराज भण्डारीको अध्यक्षतामा सम्पन्न घोषणा समारोहमा बोल्ने वक्ताहरुले घोषणाको कार्यान्वयन पक्षमा जोड दिन सबै सरोकारवालाहरुको भूमिका अहम हुने धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia