- दिपेन्द्र यादव

इनरुवा । सुनसरी सदरमुकाम स्थित रहेको सुनसरी बहुमुखी क्याम्पस इनरुवामा म्युजिकल चेयर प्रतियोगिता सम्पन्न भएको छ। नेविसंघ क्याम्पस ईकाइ समिति सुनसरी बहुमुखी क्याम्पसद्वारा आयोजित म्युजिकल चेयर प्रतियोगिता इनरुवा नगरपालिकाकी उपमेयर जमुना गौतम पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। नेविसंघ क्याम्पस ईकाइ समितिका सेराज मियाको अध्यक्षतामा सम्पन्न भएको म्युजिकल चेयर प्रतियोगितामा छात्रा तर्फ बिबिएस प्रथम वर्ष अध्ययनरत सीता मेहता प्रथम भएकी छिन्। यसैगरी कक्षा ११ कि ललिता मेहता र निशा उराँव क्रमश दोस्रो र तेस्रो भईन भने कक्षा ११ कै उषाकुमारी यादव सान्त्वना भएकी छिन् ।

त्यस्तै छात्रतर्फ बिएड प्रथम वर्षमा अध्ययनरत ईरसाद आलम अन्सारी प्रथम भएका छन् भने कक्षा ११ का सिवन यादव दोस्रो र कक्षा १२ का विकास नेपाल तेस्रो भए । यसैगरी अब्दुल जफार अन्सारी छात्रतर्फ सान्त्वना भएको आयोजकले जनाएको छ । प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुने विद्यार्थीहरु लाई प्रमुख अतिथि जमुना गौतम पोखरेल, नेपाली काङ्ग्रेस जिल्ला सदस्य सुनिल कुमार साह, सितोश पोखरेल, नरेश बिष्ट, विशाल जङ्ग कटुवाल, सुनसरी बहुमुखी क्याम्पसका निवर्तमान प्रमुख गोविन्द चिलवाल,नेविसंघ क्याम्पस ईकाइ समिति सुनसरी बहुमुखी क्याम्पसका सभापति सन्तोष शर्मा लगायतले पुरस्कार वितरण गरेका थिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia