नेल्टाको जिल्ला अध्यक्षमा बराल
धरान । अंग्रेजी भाषाका शिक्षकहरुको संगठन नेल्टाको सुनसरी जिल्ला कार्यसमिति चयन गरिएको छ । रविन बरालको अध्यक्षतामा शनिबार नयाँ समिति बनेको हो । समितिको उपाध्यक्षमा गोविन्द पुरी, सचीवमा साजन चौधरी, सहसचीवमा तीर्थ कार्की, कोषाध्यक्षमा सुचीता पोख्रेल चयन भएका छन् ।
सदस्यहरुमा विजया प्याकुरेल, रमेश दाहाल, युवराज सुवेदी, चन्द्रकला खनाल, कुमार सुवेदी, उमेश यादव छन् । धरानमा भएको प्रदेश १ स्तरीय सम...










