नेपालमा संक्रमितको संख्या १०२ पुग्यो

नेपालमा संक्रमितको संख्या १०२ पुग्यो
काठमाडौं। नेपालमा पुनः आज एक जना संक्रमित थपिएका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय २ पुगेको छ । भेरी अस्पतालमा गरिएको परीक्षणमा थप १ जनामा कोरोना पोजेटिभ देखिएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले संक्रमित किशोर १६ बर्षीय रहेको जानकारी दिनुभयो ।

विराटनगरबाट थप ८ जना कोरोना मुक्त भएर डिस्चार्ज

विराटनगरबाट थप ८ जना कोरोना मुक्त भएर डिस्चार्ज
विराटनगर। विराटनगर स्थित कोभिड–१९ उपचार केन्द्रको आइसोलेशनमा उपचाररत थप ८ जना संक्रमितहरु कोरोना मुक्त भएर आज डिस्चार्ज भएका छन् । लगातार दुई पटक गरेको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनिहरु डिस्चार्ज भएका हुन। अस्पतालको आइसोलेसनमा रहेका थप ८ जना कोरोना मुक्त पुष्टि भएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ। शुक्रबार डिस्चार्ज भएकाहरुमा उदयपुर, विराटनगर तथा भारतीय नागरिक छन् । डिस्चार्जपछि पनि...

कोरोना परीक्षणको माग गर्दै सिडियोलाई ज्ञापन

कोरोना परीक्षणको माग गर्दै सिडियोलाई ज्ञापन
सुनसरीका युवाहरुले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य जाँचको वातावरण मिलाईदिन प्रशासन समक्ष माग गरेका छन् ।उनीहरुले बजारमा दिनप्रतिदिन भिड बढ्न थालेसँगै सामाजिक दुरी समेतको प्रवाह गर्न छाडिएकाले भाइरस संक्रमण यकिन गर्नकालागि सुनसरी प्रशासन समक्ष स्वास्थ्य परीक्षणको माग गरेका हुन् । सदरमुकाम इनरुवा सहितका क्षेत्रमा क्रियाशिल विभिन्न युवा समूहका अगुवाहरुले प्रमुख जिल्ला अधिकारी राजेश...

हावाहुण्डरीका बिच टेन्टको डोरी समाएर बसिरहेका बोर्डरमा सशस्त्र

हावाहुण्डरीका बिच टेन्टको डोरी समाएर बसिरहेका बोर्डरमा सशस्त्र
इनरुवा। बोर्डरमा खटिएका सुरक्षाकर्मीकालागि घाम न पानी । न हावाहुरी । मात्र केवल सीमामा ड्युटी । क्षणभरमै लाग्ने चर्को घाम अनि एक्कासी पर्ने पानीका बिच सशस्त्र प्रहरी यतिबेला अहोरात्र सीमा क्षेत्रमा तैनाथ छ । सीमामा नेपाल प्रहरीको समेत उपस्थिती रहेपनि फ्रन्ट लाइनमा भने सशस्त्र प्रहरीले ड्युटी सम्हाल्दै आएको छ । ओत लाग्न बनाइएको टेन्ट कुन बेला हावाले उडाउँछ कुनै टुङगो छैन् । स्रोत साधन अभावका बि...

दुई महिने शिशुमा पनि देखियो कोरोनाको संक्रमण, नेपालमा संक्रमितको संख्या ९९

दुई महिने शिशुमा पनि देखियो कोरोनाको संक्रमण, नेपालमा संक्रमितको संख्या ९९
थप १७ जनामा कोरोना भाइरसबाट संक्रमण देखिए संगै नेपालमा संक्रमित हुनेको संख्या ९९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९९ पुगेको जानकारी दिए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका १७ जनाको रिपोर्ट पोजिटभ आएको उनले बताए । संक्रमितहरु २ महिना देखि ६६ वर्षसम्मका भएको पनि उनले ...

लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने मन्त्रिपरिषद्काे निर्णय

लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने मन्त्रिपरिषद्काे निर्णय
काठमाण्डाै। कोरोना भाइरस संक्रमणका घटना बढ्दै गएपछि सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । आज बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन थप जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । सरकारले पहिलोपटक चैत ११ देखि लकडाउनको घोषणा गरेको थियो । भाइरस न्यूनीकरण तथा रोकथामका लागि सरकारले जारी लकडाउन लम्ब्याएर जेठ ५ गतेसम्मका लागि कायम राख्ने निर्णय गरेकाे हाे । यसअघि घोषित लकडाउ...

विराटनगरमा उपचाररत ६ जना कोरोना संक्रमित डिस्चार्ज

विराटनगरमा उपचाररत ६ जना कोरोना संक्रमित डिस्चार्ज
कोशी अस्पताल विराटनगरमा रहेको कोरोना अस्पतालमा उपचार गराएका छ भारतीय नागरीकलाई आज डिस्चार्ज गरिएको छ । उदयपुरको भुल्केस्थति मस्जिदमा संक्रमण देखिएपछी उनीहरुलाई विराटनगरस्थित कोशी अस्पतालमा ल्याइ उपचार गरिएको थियो । पछिल्लो तीन परीक्षणमा कोरोना संक्रमण नेगेटिभ देखिएपछी संक्रमण मुक्त भएको भन्दै डिस्चार्ज गरिएको हो । डिस्चार्ज भएकामा २१ देखि ३४ वर्षका पुरुषहरु छन् । आयोजित पत्रकार सम्मेलनबाट प्रद...

इनरुवाका घर घरमा पैसा बाडिदै

इनरुवाका घर घरमा पैसा बाडिदै
सामाजिक सुरक्षा वापतको भत्ता सम्वन्धित व्यक्तिकालागि घरमै पु¥याउन थालिएको छ । लक डाउनले विश्व समूदाय आक्रान्त बनिरहेको परिप्रेक्षमा इनरुवा वडा नम्बर ५ को कार्यालयले सम्वन्धित व्यक्तिहरुकालागि घरघरमै भत्ता उपलब्ध गराउदै आएको छ । ५ नम्बरले पहिलो चरणमा २ सय १२ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिसकेको जनाएको छ । दोस्रो चरणमा १ सय जनालाई भत्ता वितरण गर्न लागिएको वडा अध्यक्ष अञ्जनी पोखरेलले बता...

कोरोनाको महामारी विरूद्ध घरघरमा दीप प्रज्वलन गर्न सरकारको आह्वान

कोरोनाको महामारी विरूद्ध घरघरमा दीप प्रज्वलन गर्न सरकारको आह्वान
कोरोनाको महामारी विरूद्ध लडिरहेका सम्पूर्ण स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सम्मानमा सरकारले वैशाख २५ गते साँझ घरघरमा दीप प्रज्वलन गर्न आह्वान गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईका अनुसार उक्त दिन बुद्ध जयन्ती परेको र लकडाउनका कारण बुद्ध जयन्ती मनाउन नसकिएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ घरघरमा दीपावली गर्न आग्रह गरेका हुन्। 'बुद्ध जयन्तीसँगै कोरोनाको महामारी...
trusted online casino malaysia