सुतिरहेको अवस्थामा चिया बगानका म्यानेजरमाथि गोली प्रहार

सुतिरहेको अवस्थामा चिया बगानका म्यानेजरमाथि गोली प्रहार
धनकुटा / सङ्खुवासभाको धर्मदेवी नगरपालिका ३ मुडे शनिश्चरेस्थित सगरमाथा टि स्टेटका म्यानेजर हर्क कुलुङ राई माथि अज्ञात व्यक्तिले गोली प्रहार गरेका छन् । तर, राई कोठाभित्रै लुकेर गोली लाग्नबाट जोगिएका छन् । आफूमाथि असुरक्षा भएको भन्दै उनी अहिले स्थानीय प्रहरी चौकीमा शरण लिएर बसेका छन् । म्यानेजर राई सुतिरहेको अवस्थामा बुधबार राती १० बजेको समयमा टि स्टेट स्थित उनको क्वाटरको ढोका तोडफोड गरी हात छिराएर ...

सप्तकोशी नर्सिङ होममा सुत्केरीको मृत्यु

सप्तकोशी नर्सिङ होममा सुत्केरीको मृत्यु
विराटनगर / विराटनगरको सप्तकोशी नर्सिङ होम एवं अस्पताल प्रालिमा चिकित्सकले शल्यक्रिया गरेर प्रसूति गराइएकी एक सुत्केरीको अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको छ । चिकित्सकले सावधानीपूर्वक रुपमा शल्यक्रिया नगर्दा अत्यधिक रक्तश्राव भएर विराटनगर महानगरपालिका–५ की २८ वर्षीय मेनुका अधिकारी कटुवालको मृत्यु भएको गुनासो आफन्तको छ । प्रसूतिका लागि गत शुक्रबार साँझ सप्तकोशीमा भर्ना गरिएकी उनको भोलिपल्ट बिहान...

झुक्याएर विवाह गर्न खोज्दा चार लाख रुपैयाँ दण्ड, यस्ताे छ नालिबेली

झुक्याएर विवाह गर्न खोज्दा चार लाख रुपैयाँ दण्ड, यस्ताे छ नालिबेली
काठमाडौँ । अपांगता भएको कुरा केटी पक्षलाई नबताई विवाह गर्न खोज्दा भद्रपुरका एक परिवारले चार लाख रुपैयाँ दण्ड तिर्नुपरेको छ । केटामा शारीरिक अपांगता भएको कुरा केटी पक्षलाई थाहा नदिई झुक्याएर विवाह गर्न खोज्दा भद्रपुर–७ का सुवेदी परिवारले बेहुली पक्षलाई क्षतिपूर्ति तिर्नुपरेको हो । बुद्धशान्ति गाउँपालिका–३ की युवती र ती युवकबीच गत आइतबार ‘मागी’ विवाहको लगन जुराइएको थियो । लगनअनुसार बेहुला जन्ती लिएर...

चिसोका कारण इटहरीमा एकको मृत्यु

चिसोका कारण इटहरीमा एकको मृत्यु
इटहरी । सुनसरीको इटहरीमा जाडोका कारण एक जनाको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यलय इटहरीका डिएसपी धर्मराज भण्डारीका अनुसार एक जना सडकमा मागी खाने,नाम थर नखुलेको ब्यत्तिको मृत्यु भएको हो। पुस लाग्नेबित्तिकै चिसो ह्वात्तै बढेको छ । वर्षा र हिमपात रोकिएपछि चिसो झन् बढेको छ । इटहरीको विहानको तापक्रम १७ डिग्री सेल्सिएस रहेको छ । तराई सहित देशका धेरै ठाउँमा केही दिनदेखि राम्रोसँग घाम लाग्न सकेको छैन । त...

मधेशामा ३२ करोड लागतमा सडक कालोपत्रे हु्ँदै

मधेशामा ३२ करोड लागतमा सडक कालोपत्रे हु्ँदै
इनरुवाको वडा नम्वर ६ मा प्रदेश सरकारको लगानीमा ३२ करोड लागतमा सडक कालोपत्रे हुने भएको छ ।एक नम्बर प्रदेश सरकार मातहत रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयको ३२ करोड ८६ लाख ६ हजार ९ सय १८ रुपैंयाको लागतमा ढलनाला सहितको कालोपत्रे सडक निर्माणको कार्य मधेशामा अघि बढाइएको छ ।पूर्वाधार विकास कार्यालय मोरङले कार्यान्वयनको जिम्मा पाएको उक्त पूर्वाधार संरचना निर्माणको ठेक्का भने शर्मा भिमेश्वर जेभीले पाएको...

प्रदेशस्तरीय यूपिआर समिक्षा

प्रदेशस्तरीय यूपिआर समिक्षा
इनरुवा। संयुक्त राष्ट्र संघको मानव अधिकार परिषदमा पेश गर्ने गरि प्रदेश नम्बर १ को विराटनगरमा युपिआर विषयक समिक्षा तथा छलफल कार्यक्रम मंसिर ३० गते सम्पन्न भएको छ । मानव अधिकारका सम्वन्धमा विश्वब्यापी आवाधिक प्रतिवेदन प्रस्तुत गर्नको लागि प्रदेश १ को विभिन्न जिल्लाका समस्या र नागरिकहरुको कर्तब्यका विषयमा मंसिर ३० गते सुझाव संकलन गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सकेको आयोजनामा भएको प्रदेश...

नेपाल फाेटाे पत्रकार महासंघ सुनसरीकाे प्रथम जिल्ला अधिवेशन सम्पन्न

नेपाल फाेटाे पत्रकार महासंघ सुनसरीकाे प्रथम जिल्ला अधिवेशन सम्पन्न
इनरुवा। नेपाल फाेटाे पत्रकार महासंघ सुनसरीको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । प्रथम जिल्ला अधिवेशनबाट विकास राईकाे अध्यक्षतामा नयाँ कार्य समिती चयन गरिएको छ । आइतबार धरानमा सम्पन्न भएको प्रथम जिल्ला अधिवेशनबाट राईको अध्यक्षमा निर्विरोध नयाँ कार्य समिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा नविन गड्तौला सचिवमा शिशिर राई, सह–सचिवमा नसीम अन्सारी तथा कोषाध्यक्षमा सुनिता केसी राई रहेका छन् । त्यस...

पुर्व मन्त्री देखि सगरमाथा आरोही सम्मको मौन व्रत तालतलैयामा

पुर्व मन्त्री देखि सगरमाथा आरोही सम्मको मौन व्रत तालतलैयामा
इनरुवा। दश बर्ष अगाडी माल्दिप्सको समुन्द्रमा पानी मुनी बसेको मन्त्री परीषदको बैठक र नेपाल सरकारले जलवायु परिवर्तनका मुद्दा बोकेर गरेको काला पत्थर बैठकका एजेन्डा स्मरण गराउन ईटहरीको तालतलैयामा पुर्व कृषि राज्य मन्त्री देखि सगरमाथा आरोहीहरु मौन व्रत बसेका छन । पुर्व कृषि राज्य मन्त्री तथा संघिय सांसद राम कुमारी चौधरी देखी दुई सगरमाथा आरोहीहरु शिव डांगी र मदन चुडाल मौन व्रत बसेका छन । बिहान ६ बजे ...

टिपरले ठक्कर दिदा गयो बालिकाको ज्यान

टिपरले ठक्कर दिदा गयो बालिकाको ज्यान
उर्लाबारी। मोरङको उर्लाबारी नगरपालिका– ५ स्थित भित्री सडक खण्डमा आज बिहान टिपरको ठक्करबाट एक बालिकाको ज्यान गएको छ । बिहान ८:३० बजे उत्तरबाट दक्षिण आउँदै गरेको ना ८ ख ७०५३ नम्बरको टिपरले ठक्कर दिँदा सोही ठाउँकी ४ वर्षिया बालिका राधिकाकुमारी मण्डलको मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु भएको थियो। बालिकालाई ठक्कर दिने टिपर र चालकलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ ।

हरिपुरमा भएको दुर्घटनामा ७ जनाले ज्यान गुमाएपछि वडाले दियो शोक विदा

हरिपुरमा भएको दुर्घटनामा ७ जनाले ज्यान गुमाएपछि वडाले दियो शोक विदा
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १० वडा कार्यालयले एकै परिवारका ६ जनाको ज्यान जाने दुर्घटना भएपछि वडा कार्यालयले शोक प्रस्ताव पारित गर्दै मंसीर १६ गते सोमबार एक दिन वडा शोक विदाको घोषणा गरेको छ। त्रियुगा नगरपालिका वडा नम्बर १० अन्तर्गतका कार्यालय, निजि तथा सामुदायीक विद्यालयहरु एक दिन विदा दिने निर्णय गरिएको वडाध्यक्ष प्रकास कुमार खड्काले जानकारी दिए। दुर्घटना परी त्रियुगा नगरपालिका ...
trusted online casino malaysia