इटहरी । सुनसरीको इटहरीमा जाडोका कारण एक जनाको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यलय इटहरीका डिएसपी धर्मराज भण्डारीका अनुसार एक जना सडकमा मागी खाने,नाम थर नखुलेको ब्यत्तिको मृत्यु भएको हो। पुस लाग्नेबित्तिकै चिसो ह्वात्तै बढेको छ । वर्षा र हिमपात रोकिएपछि चिसो झन् बढेको छ । इटहरीको विहानको तापक्रम १७ डिग्री सेल्सिएस रहेको छ । तराई सहित देशका धेरै ठाउँमा केही दिनदेखि राम्रोसँग घाम लाग्न सकेको छैन । तराईमा मंगलबार बिहानदेखि लागेको हुस्सु नहट्दा र देशका अरु ठाउँमा पनि बिहानपख बाक्लो हुस्सु लागेर चिसो बढ्दा जनजीवन प्रभावित भएको छ ।

तराईमा हुस्सुसँगै चिसो हावा चलेपछि धेरैजना घरबाट बाहिर निस्कन सकेका छैनन् । बजारमा पनि चहलपहल कम हुँदै गएको छ । चिसोका कारण वृद्धवृद्धा, बालबालिका र मजदुर धेरै समस्यामा परेका छन् । विहानै देखि हुस्सु लाग्दा सर्वसाधरण मजदुरहरुलाइ भने समस्या हुन थालेकोे छ । बुधबार दिनभर घाम नलागेपछि थप चिसो बढेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia