- नसीम अन्सारी

इनरुवा। नेपाल फाेटाे पत्रकार महासंघ सुनसरीको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । प्रथम जिल्ला अधिवेशनबाट विकास राईकाे अध्यक्षतामा नयाँ कार्य समिती चयन गरिएको छ । आइतबार धरानमा सम्पन्न भएको प्रथम जिल्ला अधिवेशनबाट राईको अध्यक्षमा निर्विरोध नयाँ कार्य समिति चयन गरिएको हो ।

समितिको उपाध्यक्षमा नविन गड्तौला सचिवमा शिशिर राई, सह–सचिवमा नसीम अन्सारी तथा कोषाध्यक्षमा सुनिता केसी राई रहेका छन् । त्यस्तै समितिको सदस्यहरुमा सोहन श्रेष्ठ, सागर सिन्जाली, सञ्जु राई (सुमित्रा), आइसमा लिम्बु, सुक्रान्त राई, नरेन कुलुङ, लक्ष्मण थापा, सनम तामाङ, रूद्र घिमिरे, संजय याक्खा,विक्रान्त श्रेष्ठ र त्रिलोचन पौडेल चयन भएका छन् । यसअघि तदर्थ समितिका उपाअध्यक्ष बैधराज पाैडेलको अध्यक्षतामा भएको उद्घाटन समारोहमा नेपाल पर्यटन पत्रकार महासंघका केन्द्रीय महासचिव हरि प्रसाद रेग्मी प्रदेश सदस्य उपेन्द्र चामलिङ नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्का, पुर्व अध्यक्ष राजेश बिद्रोही लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia