- जयकृष्ण यादव

इनरुवा। संयुक्त राष्ट्र संघको मानव अधिकार परिषदमा पेश गर्ने गरि प्रदेश नम्बर १ को विराटनगरमा युपिआर विषयक समिक्षा तथा छलफल कार्यक्रम मंसिर ३० गते सम्पन्न भएको छ । मानव अधिकारका सम्वन्धमा विश्वब्यापी आवाधिक प्रतिवेदन प्रस्तुत गर्नको लागि प्रदेश १ को विभिन्न जिल्लाका समस्या र नागरिकहरुको कर्तब्यका विषयमा मंसिर ३० गते सुझाव संकलन गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सकेको आयोजनामा भएको प्रदेशका जिल्लाहरुका मानव अधिकार रक्षकहरु विच अन्तक्रिया गरि पाँच समूह मार्फत विभिन्न विषयगत, समुहगत, स्वयं मानव अधिकारकर्मीलाई हुने बाधा ब्यवधान, बाल अधिकार, मानव अधिकार, मानव अधिकार रक्षकहरुको अवस्था, संविधान र संविधानको कार्यान्वयन र जातिय, लैगिक विभेदको बारेमा सुझाव संकलन गरिएको हो ।

प्रदेशमा बासिन्दाहरुको जिवन आधार, दण्डहिनता, न्यायमा पहुच, शिक्षा, स्वास्थ्यको अवस्थाको बारे संकलन गरिएको सुझाव सहित अन्य जिल्लाहरुबाट संकलित सुझावहरु समतलाई एकिकृत गरि संयुक्त राष्ट्र संघको जेनेभा बैठकमा पेश गर्ने बताइएको छ ।राष्ट्रिय मानव अधिकार आयोगका प्रदेश निर्देशक मोहनकाजी जोसीले कुनै पनि घटना विशेषमा रहेर विषय उठान गरे मानव अधिकार आयोगले कार्य गर्न सक्ने बताउदै संयुक्त राष्ट्र संधको बैठकमा समेत त्यस्ता विषयले प्राथमिकता पाउने बताउनुभयो ।कार्यक्रममा साढें चारवर्षे आवधिक योजना कार्यान्वयनको चरणमा रहेको विषय र सुझाव संकलन गरेको छ । सामाजिक न्यायमा आधारित आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यलाई पूरा गर्न बनाउन लागेको आवधिक योजनाका लागि सुझाव संकलन गरेको हो । कार्यक्रममा प्रदेश एकका उपसभामुख सरस्वती पोखरेल, सासद विन्ध्या कार्की, इन्सेकका सोमराज थापा, जयकृष्ण यादव, अधिकारकर्मी सरिता कार्की, विनिता दाहाल, मेघराज न्यौपाने लगायतका ७० बढी सरोकारबालाहरुको उपस्थिती रहेको ओरेककी संजिता तिमिल्सनाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia