लागूऔषध नियन्त्रण गर्न भण्टाबारीमा निगरानी कक्ष

लागूऔषध नियन्त्रण गर्न भण्टाबारीमा निगरानी कक्ष
भण्टाबारी। सुनसरी जिल्लाको कोशी गाउँपालीका वडा नम्बर ८ स्थित भण्टाबारी क्षेत्रमा लागूऔषध नियन्त्रण गर्न निगरानी कक्ष स्थापना गरिएको छ । प्रदेश प्रहरी कार्यालय कोशी प्रदेशको सहयोगमा जिल्ला प्रहरी कार्यालय सुनसरी सीमामा निगरानी कक्ष स्थापना गरेको हो । सो लागूऔषध दुव्र्यसनी निगरानी कक्षको एक कार्यक्रमका बीच कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरिष्ठ उपरिक्षक भिमबहादुर दाहालले उद्घाटन गर्...

आधारभुत विद्यालयको भवन उद्घाटन

आधारभुत विद्यालयको भवन उद्घाटन
भोक्राहा। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम र गाउँपालिकाको साझेदारी लगतमा भोक्राहा नरसिंह २ आधारभुत विद्यालयको नव निर्मित चार कोठे भवन उद्घाटन तथा सम्मान समारोह कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार एक कार्यक्रमको योजना गरि गाउँपालिका अध्यक्ष अजम अखतर अजादले भवनको उदघाटन गर्नु भएको हो। उद्घाटन कार्यक्रममा भूतपूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्षहरु एवं निवर्तमान व्यवस्थापन समिति पदाधिकारीहरूक...

इनरुवामा रक्तदान

इनरुवामा रक्तदान
इनरुवा। सुनसरीको इनरुवामा नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति द्वारा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । राष्ट्रियसेवक भवनमा मंगलबार विहान ७:३० बजे रक्तदान कार्यक्रम सुरु भएको हो। सहिद मनोज, भुपेन्द्र, सुरेन्द्र स्मृति दिवसको सन्दर्भमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको नेपाल निजामती कर्मचारी संगठनका सुनसरी जिल्ला अध्यक्ष चिनेश्वर मेहताले जानकारी दिनु भएको छ। नेपाल रेड्क्रस सोसाइ...

इनरुवाका एक युवा विराटनगरको होटलमा मृत फेला

इनरुवाका एक युवा विराटनगरको होटलमा मृत फेला
इनरुवा । इनरुवा नगरपालिका–६ घर भएका राजीव फुयाँल आज बिहान मृत भेटिएका हुन् । २८ वर्षीया फुयाँल विराटनगर ११ नयाँ गुद्री अगाडिको होटलको कोठा नम्बर १०८ मा आज बिहान मृत भेटिएका हुन् । उनि म्यानपावर व्यवसायी रहेको प्रारम्भिक अनुसंधानले बताएको छ। होटलको १०८ नम्बर कोठामा झुण्डिएको अवस्थामा उनको शव भेटिएको छ । अहिले घटनास्थलमा वडा प्रहरी कार्यालय विराटनगरका डीएसपीको नेतृत्वको टोली अनुसन्धानको लागि प...

कोशी ब्यारेजमा हाम फालेकी महिलाको सकुशल उद्धार

कोशी ब्यारेजमा हाम फालेकी महिलाको सकुशल उद्धार
भण्टाबारी। सुनसरी र सप्तरीको सिमानामा जोडिएको कोशी नदिको पुलबाट एकजना महिलाले नदिमा हाम फालेकिछिन्। कोशी पुलको ११ नम्बर ढोकाबाट महोत्तरी जिल्लाबाट आएकी महिला मन्दी देवी यादवले हाम फालेकि थिईन्। उक्त महिलालाई कोशी ब्यारेजमा खटिएका प्रहरी द्वारा सकुशल उद्धार गरिएको छ। पानीको बहाबसंगै बगिरहेको अबस्थामा मन्दी देवी यादवलाई प्रहरीले सकुशल उद्धार गरेको छ। दिउँसोको करिब २ बजेको समयमा उक्त महिलाले को...

चक्रघट्टि मधुवन सडक खण्डबाट फिल्मी शैलीमा गाँजा बरामद

चक्रघट्टि मधुवन सडक खण्डबाट फिल्मी शैलीमा गाँजा बरामद
सुनसरी प्रहरीले फिल्मी शैलीमा २४७ के. जी लागु औषध गाँजा बरामद गरेको छ। गए राती बराहक्षेत्र नगरपालीकाको राजाबास स्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टिबाट खटिएका प्रहरी टोलीले उक्त गाँजा बरामद गरेको हो। चक्रघट्टि बाट मधुवन तर्फ जादै गरेको प्रदेश १-०१-००२ च. ३५७५ नं. को महिन्द्र बलेरोबाट उक्त परिमाणको गाँजा बरामद गरिएको हो। विशेष सूचनाको आधारमा गए राती उक्त बोलेरोलाई शंका लागी रोक्न खोज...

राष्ट्रिय बाणिज्य बैंक भुटाहा शाखाको कारोबार संचालनमा

राष्ट्रिय बाणिज्य बैंक भुटाहा शाखाको कारोबार संचालनमा
इनरुवा । राष्ट्रिय बाणिज्य बैंक लिमिटेड रामनगर भुटाहा शाखाले आइतबारदेखि कारोबार संचालनमा ल्याएको छ । सुनसरीको दक्षिणवर्ती सिमाना संग जोडिएको रामनगर भुटाहा तथा आसपासका सेवाग्राहिलाई मध्य नजर गर्दे बैंकले शाखा बिस्तार संगै कारोबार सुरु गरेको हो। राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले साउन ३० गते आइतबार देखि हरिनगर गाउँपालिका वडा नम्बर २ रामनगर भुटाहा बजारमा तीन जना कर्मचारीहरु सहित शाखा कार्यालय संचालन...

कोशी ब्यारेजमा रातो झन्डा, ५६ वटै ढोका खोलियो

कोशी ब्यारेजमा रातो झन्डा, ५६ वटै ढोका खोलियो
सप्तकोसी नदीमा पानीको बहाव उच्च भए संगै ब्यारेजको ५६ वटै ढोका खुलिएको छ। आज आइतबार बिहान ९ बजे कोशी ब्यारेज कन्ट्रोल रुमले ३ लाख ४२ हजार ६५ क्युसेक पानीको बहाव मापन गरेको छ। पहाडी इलाकामा परेको अविरल वर्षाको कारण सप्तकोसी नदीमा पानीको बहाव उच्च भएको छ। पानीको बहाव बढेसँगै कोशी ब्यारेजमा रातो झन्डा गाडिएको छ भने ब्यारेजको ५६ वटै ढोका खुलिएको हो। सप्तकोसी ब्यारेजले प्रतिघण्टा ४ लाख क्युसेकसम्म धा...

प्रिमियर ग्लोबल स्कुलको अभिमुखिकरण सम्पन्न

प्रिमियर ग्लोबल स्कुलको अभिमुखिकरण सम्पन्न
सुनसरीको इटहरी स्थित प्रिमियर ग्लोबल स्कुलले विधार्थी संगको अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ।अषाढ १५ गते १ सय ७ जना विधार्थीको उपस्थितिमा उक्त कार्यक्रम इनरुवामा सम्पन्न भएको हो। कार्यक्रममा प्रिमियर ग्लोबल स्कुलका अध्यक्ष मुकुन्द घिमिरे, प्रिन्सिपल सुभाष लुईटेल लगायतको उपस्थिति रहेको थियो। एस.ई.ईको नतिजा पश्चात उच्च शिक्षा अध्ययनकालागि कस्तो किसिमको विषय छनौट गर्ने र कस्तो किसिमको विषय छ...

ब्राउनसुगर सहित बराहक्षेत्रबाट २ जना पक्राउ

ब्राउनसुगर सहित बराहक्षेत्रबाट २ जना पक्राउ
सुनसरी। सुनसरीको बराहक्षेत्र नगरपालिका-१ बाट ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। हिजो बिहान इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा धनकुटा पाख्रीबास नगरपालिका-४ कि २१ बर्षीया जमुना कार्की र भारत दार्जेलिङ का ३५ बर्षीय जिन तामाङलाई ५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । ब्राउनसुगर सहित पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अ...
trusted online casino malaysia