कोशीको बहाव सामान्य, ब्यारेजका २० ढोका खोलिए

कोशीको बहाव सामान्य, ब्यारेजका २० ढोका खोलिए
इनरुवा। सप्तकोशी नदीमा पानीको वहाव स्थिर रहेको छ । पूर्वी भेगमा तीन दिनयता वर्षा जारी रहेपनि पानीको वहाव सामान्य अवस्थामा रहेको छ । पछिल्लो मापन अनुसार सप्तकोशी नदीमा पानीको वहाव १ लाख २३ हजार ८ सय ५ क्युसेक प्रतिसेकेण्ड रहेको छ भने ब्यारेजका २० ढोका खोलिएका छन् । नदीको वहावमा उतारचढाव जारी रहेपनि खतरा भने नरहेको सुनसरी प्रशासनले जनाएको छ । वर्षायाममा सँधैजसो कटान लाग्ने गरेको राजाबास क्षेत्रमा र...

सुनसरी आजबाट पूर्ण रुपमा खुल्ला दिशा मुक्त क्षेत्र घोषणा

सुनसरी आजबाट पूर्ण रुपमा खुल्ला दिशा मुक्त क्षेत्र घोषणा
सुनसरी जिल्ला आजबाट पूर्ण रुपमा खुल्ला दिशा मुक्त भएको छ । इनरुवामा आयोजित औपचारिक समारोहकाबिच कृषि, सहकारी तथा भूमि सुधार राज्य मंत्री रामकुमारी चौधरीले सुनसरी जिल्लालाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरेकी हुन् । जिल्ला खानेपानी तथा सरसफाई स्वच्छन्ता समन्वय समिति सुनसरीले आयोजना गरेको घोषणा समारोहमा प्रदेश एकका को आयोजनामा जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको हो । घोषणा समारोहमा ...

पर्यटन क्षेत्र प्रदेशको प्रमुख प्राथमिकता : मंत्री कुसियत

पर्यटन क्षेत्र प्रदेशको प्रमुख प्राथमिकता : मंत्री कुसियत
उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रि जगदिस प्रसाद कुसियतले पर्यटन क्षेत्रको संरक्षण, सम्वद्धन र प्रर्वद्धन सहितको बिकास प्रदेशको पहिलो प्राथमिकताको विषय रहेको बताएका छन् । सुनसरीको गढी गाउँपालिका ३ मा आयोजित लक्षित वर्गकालागि सहयोग सामाग्री वितरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मंत्री कुसियतले प्रदेशको मूलभूत एजेण्डाको बारेमा जानकारी गराए । प्रदेश एकलाई समृद्ध र नमूना बनाउने प्रयासलाई सार्थक त...

कोशी कटानमा भयानक दुर्घटना : ६ जनाको मृत्यु ३ को अवस्था चिन्ताजनक

कोशी कटानमा भयानक दुर्घटना : ६ जनाको मृत्यु ३ को अवस्था चिन्ताजनक
कोशी कटान । सुनसरीको कोशी गाउँपालीका ६ स्थित कोशी कटानमा सोमबार राति बोलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन् । पूर्व बाट पश्चिम तर्फ आउदै गरेको BR 06 PB 6418 नम्बरको भारतीय बोलेरो पानी खस्दा ६ जनाको घटनास्थल मै मृत्यु भएको र ३ जनाको चिन्ताजनक अवस्थामा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । सुनसरी प्रहरीका प्रवक्ता डिएसपी नारायण प्रसाद चिमरियाका अनुसार म...

भोक्राहा नरसिंहमा निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न

भोक्राहा नरसिंहमा निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न
भोक्राहा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालीकामा निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ । सोमबार सम्पन्न निशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा ५ सय जनाले सेवा लिएको भोक्राहा नरसिंह गाउँपालीकाका स्वास्थ्य संयोजक पुण्यप्रसाद सिग्देलले बताएका छन् । शिविर भोक्राहा नरसिंह गाउँपालीका अध्यक्ष महेन्द्र यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने सो उद्घाटन कार्यक्रममा गाउँपालीकाकी उपाध्यक्ष पुनम...

भोक्राहा सडक खण्डमा सवारी दुर्घटना

भोक्राहा सडक खण्डमा सवारी दुर्घटना
इनरुवा। पूर्व पश्चिम राजमार्ग अन्र्तग सुनसरीको भोक्राहा सडक खण्डमा भएको सवारी दुर्घटनामा ४ जना घाइते भएका छन् । विपरित दिशामा रहेको यात्रु बाहक बस र इण्डियन कार आपसमा ठोकिँदा बसमा सवार २ हप्ते नवजात शिशु सहित कारमा रहेका अन्य तीनजना घाइते भएका छन् । दुर्घटनाका घाइतेहरुको पहिचान खुल्न सकेको छैन् । घाइते सबैको अवस्था सामान्य रहेको सुनसरी प्रहरीले जनाएको छ ।

कोशीको बहावमा उतारचढाव जारी

कोशीको बहावमा उतारचढाव जारी
इनरुवा। पूर्वि भेगमा २ दिनयताको वर्षासँगै सप्तकोशी नदीको वहावमा उतार चढाव हुने क्रम जारी छ । पछिल्लो मापन अनुसार सप्तकोशी नदीमा पानीको वहाव १ लाख ६ हजार ७ सय ९० क्युसेक प्रतिसेकेण्ड रहेको छ । ब्यारेजका १६ वटा ढोका खोलिएका छन् । सप्तकोशी नदीको जलस्तरमा उतार चढावको क्रम जारी रहेपनि अघिल्लो दिनको तुलनामा नदीको वहावमा कमी आएको छ । एक लाख ३१ हजार क्युसेक पुगेको नदीको बहाव क्रमश घट्दो क्रममा रहेको छ । ...

भाण्टावारीमा आगलागी हुँदा जुमन मिया परिवारको बिचल्ली

भाण्टावारीमा आगलागी हुँदा जुमन मिया परिवारको बिचल्ली
भाण्टावारी । सुनसरीको कोशी गाउँपालीका वार्ड नम्बर -८ स्थित भाण्टावारीमा गएराति आगलागी हुँदा ५ लाखको क्षति भएको छ । आइतबार राति १०:३० बजेको समयमा स्थानीय जुमन मियाको घरमा चुलोबाट निस्केको आगोले आगलागी हुँदा ५ लाखको क्षति भएको सिमा प्रहरी चौकी भाण्टावारीका प्रहरी नायब निरीक्षक दिपक पोखरेल बताए । आगलागीमा मियाको टिनको छानो भएको फुसको घर सहित घरभित्र रहेको अन्नपात,लत्ताकपडा,नगद समेत जलेर नष्ट भएको ...

देवानगञ्जमा जिनुयर बिल्डिंग इलेक्ट्रिसियन तालिम

देवानगञ्जमा जिनुयर बिल्डिंग इलेक्ट्रिसियन तालिम
https://www.facebook.com/246984102178049/photos/pcb.870567576486362/870567356486384/?type=3&theater १६ असाढ, इनरुवा। सुनसरीको देवानगञ्जमा गाउँपालिकामा जिनुयर बिल्डिंग इलेक्ट्रिसियन तालिम सुरु भएको छ । कलेज अफ सफ्टवेयर एण्ड हार्डवेयर इन्जिनियरिंग प्रा. लि. इनरुवाको प्राविधिक सहयोग तथा देवानगञ्जमा गाउँपालिकाको आर्थिक सहयोगमा उक्त तालिम सञ्चालनमा आएको हो। स्थानिय बेरोजगार युवाहरुलाई प्राविधिक श...

मानव अधिकारको अवस्था र विश्लेषण विषयक कार्यक्रम सम्पन्न

मानव अधिकारको अवस्था र विश्लेषण विषयक कार्यक्रम सम्पन्न
इनरुवा । सुनसरी सदरमुकाम समेत रहेको इनरुवामा स्थानीय सरोकारवालाहरुसंग मानव अधिकारको अवस्था र विश्लेषण विषयक एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । तराई मानव अधिकार रक्षक संजाल थर्ड एलायन्सद्वारा आयोजित सो अभिमुखिकरण कार्यक्रम भएको हो । जिल्लाका सरोकारवालाहरुको उपस्थितिमा आयोजित सो कार्यक्रममा सहभागीहरुले मानव अधिकारको वर्तमान अवस्थाको बारेमा आ आफ्नो अनुभव तथा धारण प्रस्तुत गरेका थिए । स...
trusted online casino malaysia