उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रि जगदिस प्रसाद कुसियतले पर्यटन क्षेत्रको संरक्षण, सम्वद्धन र प्रर्वद्धन सहितको बिकास प्रदेशको पहिलो प्राथमिकताको विषय रहेको बताएका छन् । सुनसरीको गढी गाउँपालिका ३ मा आयोजित लक्षित वर्गकालागि सहयोग सामाग्री वितरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मंत्री कुसियतले प्रदेशको मूलभूत एजेण्डाको बारेमा जानकारी गराए ।

प्रदेश एकलाई समृद्ध र नमूना बनाउने प्रयासलाई सार्थक तुल्याउन सम्पदाहरुको संरक्षण तथा पहिचान गरी पर्यटन विस्तारलाई जोड दिन लागिएको कुसियतको भनाई थियो । गढी गाउँपालिका वडा नम्वर ४ र महिला तथा बालबालिका कार्यालय सुनसरीको सहयोगमा संकल्प सिबिआर नेपाल सुनसरीले आयोजना गरेको कार्यक्रममा मंत्री कुसियतले प्रदेश एकको समृद्धीमा पर्यटन क्षेत्रलाई प्रदेश सरकारले प्रमुख एजेण्डाका रुपमा अघि सारेको बताए ।

कार्यक्रममा महिला तथा बालबालिका सहित अपाङगता भएका व्यक्तिहरुकालागि शैक्षिक सामाग्रीका साथै आयआजर्नमूखी र सहयोग सामाग्री वितरण गरिएको संकल्प सिबिआर सुनसरीका अध्यक्ष लखनलाल साहले बताए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia