- मिकाइल आलम

भाण्टावारी । सुनसरीको कोशी गाउँपालीका वार्ड नम्बर -८ स्थित भाण्टावारीमा गएराति आगलागी हुँदा ५ लाखको क्षति भएको छ । आइतबार राति १०:३० बजेको समयमा स्थानीय जुमन मियाको घरमा चुलोबाट निस्केको आगोले आगलागी हुँदा ५ लाखको क्षति भएको सिमा प्रहरी चौकी भाण्टावारीका प्रहरी नायब निरीक्षक दिपक पोखरेल बताए ।

आगलागीमा मियाको टिनको छानो भएको फुसको घर सहित घरभित्र रहेको अन्नपात,लत्ताकपडा,नगद समेत जलेर नष्ट भएको छ । मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका मियाको घर आगलागीमा जलेपछि परिवारको बिचल्ली भएको छ । वर्षातको समयमा आगलागीमा मिया परिवार घरवारविहीन हुँदा सहयोगको लागि आग्रह गरेका छन् । यता आगलागीमा घरवारविहीन भएका मिया परिवारलाई कोशी गाउँपालीकाले आवश्यकता अनुसार उचित राहत उपलब्ध गराउने गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीले बताएका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia