कोशी जनता मा. वि. मा अकंपत्र बनाएर मुल्याकंन

कोशी जनता मा. वि. मा अकंपत्र बनाएर मुल्याकंन
२६ पौष, इनरुवा। सुनसरीको कोशी गाउँपालिकामा रहेको कोशी जनता माध्यमिक विद्यालयले प्रदान गर्दै आएको सेवाका विषयमा अकंपत्र बनाएर मुल्याकंन गर्न थालिएको छ । सेवा प्रदायक संस्था र सेवाग्राहीहरु दुवै तर्फबाट विद्यालयले सञ्चालन गर्दै आएका गतिविधिहरुमा चासोका साथ अकं दिएर मुल्याकंन गर्ने कार्य सुरु गरेका हुन । विद्यालयले सञ्चालन गर्ने गतिविधिहरुलाई अझ वढी प्रभाकारी वनाउनका लागि स्थानीयवासी तथा विद्य...

अत्यधिक जाडोका कारण सुनसरीको हरिनगरामा दुईको मृत्यु

अत्यधिक जाडोका कारण सुनसरीको हरिनगरामा दुईको मृत्यु
२६ पौष, इनरुवा। अत्यधिक जाडो र शीत लहरका कारण सुनसरीमा दुईजनाको मृत्यु भएको छ । जाडोका कारण सुनसरीको हरिनगरा गाउँपालिका–३ गौतमपुरका ६४ वर्षीय रसिलाल ऋषिदेव र हरिनगरा गाउपालिका–४ का ६५ वर्षीय रौदी साहको आज मृत्यु भएको स्थानीय समाजसेवी प्रदीप मेहताले जानकारी दिनुभयो । गरीब र विपन्न तथा दलित समुदायका भएकाले प्रहरीमा जानकारी नगराएको कारण जाडोबाट उनीहरुको मृत्यु भएको-नभएको यकिन हुन समस्या भएको बताइए...

गरिबका झुपडीमा टायरको आगो

गरिबका झुपडीमा टायरको आगो
हात जोडेर जिउजिउ गरी भोट लिएका जनप्रतिनिधी अहिले कता ? २६ पौष, अमर काफ्ले इनरुवा। बढ्दो जाडो छल्न यतिबेला सबैले आफु पायकको सुविधा उपभोग गरिरहेका छन् । आगो ताप्न जहीकहीँ घुर बालिएका छन् । सर्वसाधारण कहीँ पराल त कतै दाउराको घुर बालेर जाडो छल्ने प्रयास गरिरहेका छन् । गरिब तथा विपन्न परिवारको दैनिकी भने अलि बेग्लै छ । पराल र दाउरा दुवै नभएका उनिहरु टायर बालेर आगो तापिरहेका छन् । टायरको धुँवा...

प्याबसन सुनसरीद्वारा बालबालिकालाइ स्वीटर वितरण

प्याबसन सुनसरीद्वारा बालबालिकालाइ स्वीटर वितरण
२८ औं प्याबसन स्थापना दिवस तथा स्व.डा. बाबुराम पोखरेलको सम्झनामा प्याबसन सुनसरीले जिल्लाका विभिन्न स्थानमा  स्वीटर वितरण गरेको छ। प्याबसन सुनसरीले इटहरी उपमाहानगरपालिका वडा नं.३ सिंहदेवी प्रा.वि.मा ५० ओटा ईनरुवा न.पा. वडा नं.४ रेडक्रस प्रा.वि.मा ३०० ओटा, रामधुनी न.पा वडा नंं.२ शिवनगर टोलमा १५० ओटा, भोक्राहा गाउँपालिका वडा नंं.४ जामिया स्मालिया मरदशामा ५० ओटा स्वीटर वितरण गरेको हो ।

झुम्काको कृषी फर्म नजिकै मोटरसाईकल दुर्घटना हुदा ३ घाईते

झुम्काको कृषी फर्म नजिकै मोटरसाईकल दुर्घटना हुदा ३ घाईते
२३ पौष, विराटनगर। सुनसरीको रामधुनी नगरपालिका-२ स्थित कृषी फर्म नजिकै को २२ प ७६२० नम्बरको मोटरसाईकलले साँझ ६ बजेतिर ठेलालाई ठक्कर दिदा ठेला चालक सोही ठाउँका ७० बर्षिय तेतर साह, मोटरसाइकल चालक इनरूवा-३ बस्ने २३ बर्षिय समिर सिंह र पछाडि सवार सोही ठाउँका २० बर्षिय निसरत पौडेल घाइते भएका छन्। घाइते तीनै जनाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पकलीले ज...

झुम्कामा १० दिने माघी महोत्सव शुरु

झुम्कामा १० दिने माघी महोत्सव शुरु
२१ पौष, झुम्का। सुनसरीको रामधुनी नगरपालिकामा दश दिने माघी महोत्सव २०७४ शुभारम्भ भएको छ । माघी महोत्सवका संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुमित्र विश्वासले थारु जातीय परम्परा एवम संस्कृति अनुरुप उद्घाटन गर्नुहुदै थारु समुदायको संस्कृति नेपालको पहिचानमा विशेष महत्वको भएको बताउनु भयो । सोही अवसरमा पूर्व यातायात राज्यमन्त्री एवम साँसद सिताराम मेहताले थारु समुदायको विशेष पर्वका रुप...

प्रदेश राजधानीको माग गर्दै सुनसरीका राजनैतिक दल आन्दोलित

प्रदेश राजधानीको माग गर्दै सुनसरीका राजनैतिक दल आन्दोलित
२१ पौष, अमर काफ्ले इनरुवा। प्रदेश राजधानीको माग गर्दै सुनसरीका राजनैतिक दलले प्रधानमंत्री सामू ज्ञापन पत्र पठाएका छन् । सुनसरीका प्रमुख ७ राजनैतिक दलहरुले प्रदेश नम्वर १ को मूख्यालय सुनसरीलाई बनाउन माग गर्दै सुनसरी प्रशासन मार्फत प्रधानमंत्रीको कार्यालयलाई ज्ञापन पत्र पठाएका हुन् । जिल्ला स्थित रहेका प्रमुख दलहरुबिच भएको सहमति अनुसार आज जिल्ला प्रशासन कार्यालय सुनसरी मार्फत ध्यानाकर्षण सहितको प...

कार्यालयमा बेरुजु भेटिए प्रमुख र लेखा जिम्मेबार : निर्देशक श्रेष्ठ

कार्यालयमा बेरुजु भेटिए प्रमुख र लेखा जिम्मेबार : निर्देशक श्रेष्ठ
२१ पौष, अमर काफ्ले इनरुवा। लेखा परिक्षणका क्रममा बेरुजु भेटिए सम्वन्धित कार्यालय प्रमुख र लेखा अधिकृतलाइ संयुक्त रुपमा जिम्मेबार ठहराइने भएको छ । महालेखा परिक्षकको कार्यालयका निर्देशक मदनकृष्ण श्रेष्ठले अडिटको क्रममा त्रुटी पाइए कार्यालय प्रमुखसँगै लेखा प्रमुखको नाममा बेरुजु ठहराइने बताए । कोष तथा लेखा नियन्त्रकको कार्यालय सुनसरीको समन्वयमा इनरुवामा डाकिएको जिल्लाका कार्यालय प्रमुख र लेखा प...

बालकको नहरमा डुबेर मृत्यु

बालकको नहरमा डुबेर मृत्यु
२१ पौष, सुनसरी। सुनसरीको गढी गाउँपालिका-५ बस्ने प्रमोद यादवको ४ बर्षिय छोरा सुजन यादवको नहरमा डुबेर ज्यान गएको छ। दिउँसो १२ बजेतिर घर नजिकै रहेको नहरमा डुबेको अवस्थामा भेटेपछी आफन्तले उनलाई उपचारकालगी ईनरुवा अस्पताल पुराएका थिए। उनको उपचारको क्रममा दिउँसो ३ बजेतरि मृत्यु भएको प्रहरीले जानएको छ। घटनाबारे थप अनुसन्धान भइरेहको छ।

जाडोका कारण सुनसरीका विद्यालयहरु धमाधम बन्द हुँदै

जाडोका कारण सुनसरीका विद्यालयहरु धमाधम बन्द हुँदै
२० पौष, अमर काफ्ले इनरुवा। चिसो बढ्ने क्रम नरोकिएपछि विद्यालयहरु बन्द हुन थालेका छन् । चिसो हावासँगै शितलहर चल्न थालेपछि केहि दिनयता पूर्वी तराईको जनजीवन प्रभावित बनेको छ। बढ्दो चिसोका कारण विद्यालयमा पुग्ने विद्यार्थीको संख्या कम हुँदै गएको र कष्टकर अवस्थालाई मध्यनजर गर्दै सुनसरीका विद्यालयहरु धमाधम बन्द हुन थालेका छन् । इनरुवा नगरपालिका सहित आसपास र दक्षिण भेगका गाउँपालिकाहरुमा चार दिनकालागि ...
trusted online casino malaysia