भोक्राहा नरसिंहको ६० करोड ३६ लाख ५० हजारको बजेट सार्वजनिक
भोक्राहा नरसिंह। आर्थिक वर्ष २०८२/०८३ का लागि ६० करोड ३६ लाख ५० हजारको बजेट गाउँ सभा मार्फत सार्वजनिक गरिएको छ। असार ८ गते आइतबार, गाउँ सभा हलमा आयोजित १८औं गाउँ सभा अधिवेशनमा गाउँपालिका अध्यक्ष अजमल अख्तर अजादले यो बजेट र वार्षिक नीति कार्यक्रम प्रस्तुत गरेका हुन्।
गाउँ सभामा बजेटका प्राथमिक क्षेत्रहरू शिक्षा, स्वास्थ्य, कृषि, भौतिक संरचना र सामाजिक समावेशीकरणलाई प्राथमिकता दिनको लागि उल्लेख ग...












