बिराटनगलाई जिपी गोल्डकपको उपाधि

बिराटनगलाई जिपी गोल्डकपको उपाधि
दोस्रो संस्करणको गिरिजाप्रसाद कोइराला स्मृति गोल्डकप फुटबल प्रतियोगिताको उपाधि बिराटनगरले जितेको छ । फाइनल खेलमा बिराटनगरले बारालाई शुन्यका विरुद्ध एक गोलले पराजित गर्दै उपाधि हात पारेको हो ।इनरुवा खेल मैदानमा टिमकालागि जित दिलाउन बिन्धवासिनी फुटबल क्लब बिराटनगरका खेलाडी सम्राटले निर्णायक गोल गरे । बिरगंज युनाईटेड बारालाई पराजित गर्ने क्रममा अफ्रिकन मुलका खेलाडी सम्राटले दोस्रो हाफको २८औं मिनेटमा ...

प्रजातन्त्र दिवसमा विविध कार्यक्रम (फोटो फिचर)

प्रजातन्त्र दिवसमा विविध कार्यक्रम (फोटो फिचर)
७०औं प्रजातन्त्र दिवसको अवसरमा सुनसरीमा विविध कार्यक्रमको आयोजना गरिएको छ । दिवसका अवसरमा सुनसरीका सबै स्थानीय तहले आफु पायकका कार्यक्रमहरु आयोजना गरेका छन् ।स्वयं संघीय सरकारले सबै स्थानीय तहलाई अनिवार्य दिवस मनाउन भनेकाले समेत ७०औं प्रजातन्त्र दिवस विविध कार्यक्रमहरुको आयोजना गरी मनाइएको छ । दिवसका अवसरमा सुनसरीमा प्रभातफेरी, अन्र्तकृया, सरसफाई, फलफुल वितरण जस्ता कार्यक्रम गरिएका छन् । जिल्ला...

जिपी गोल्डकप : फाइनलमा बिराटनगर र बारा भिड्दै

जिपी गोल्डकप : फाइनलमा बिराटनगर र बारा भिड्दै
सुनसरीको इनरुवामा जारी गिरिजाप्रसाद कोइराला स्मृति गोल्डकप फुटबल प्रतियोगिताको उपाधिकालागि बिराटनगर र बारा भिड्ने भएका छन् ।इनरुवा खेल मैदानमा आज सम्पन्न दोस्रो सेमिफाइनलमा बिरगंज युनाईटेड बाराले बेलबारीलाई हराउँदै फाइनलमा बिन्धवासिनी फुटबलल क्लब बिराटनगरसँगको भेट पक्का गरेको हो । दोस्रो सेमिफाइनल अन्र्तगतको खेल बराबरीमा टुङिगएपछि खेलको निर्णय ट्राइबेकरबाट लिइएको थियो । जसमा बाराले बेलबारी विर...

इनरुवामा भोलि सार्वजनिक बिदा

इनरुवामा भोलि सार्वजनिक बिदा
इनरुवा नगरपालिकामा भोलि बिदा हुने भएको छ । नगरपालिकाको कार्यालयले ७०औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सार्वजनिक बिदाको निर्णय गरेको हो । साथै दिवसका अवसरमा विविध कार्यक्रम समेत आयोजना गरिने नगरपालिकाले जनाएको छ । नगरपालिकाका सुचना अधिकृत निरज पोखरेलका अनुसार दिवसका अवसरमा भोलि विहान प्रभातफेरी तथा अस्पतालमा रहेका विरामीहरुलाई फलफुल वितरण गरिने छ । पोखरेलका अनुसार बिहान ७ बजे शहीद गेटमा भेल...

कोशी महोत्सवको खर्च सार्वजनिकको तयारी

कोशी महोत्सवको खर्च सार्वजनिकको तयारी
भ्रमण वर्षलाई लक्षित गरी कोशी गाउँपालिकाले आयोजना गरेको महोत्सवको खर्च विवरण सार्वजनिकको तयारी थालिएको छ । कोशी टप्पु वन्यजन्तु आरक्ष हातामा गाउँपालिकाको कार्यालयले माघ १९ गतेदेखि १३ दिन सम्म कोशी महोत्सवको आयोजना गरेको थियो । प्रारम्भमा १० दिनकालागि भनिएपनि अवलोकनकर्ताहरुको भीडका कारण महोत्सवको अवधि ३ दिन थपिएको थियो ।गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीका अनुसार २ लाख पर्यटकले महोत्सव अवलोकन गरेका...

निःशुल्क खाना अभियानले होटल सुकाए पछि …..

निःशुल्क खाना अभियानले होटल सुकाए पछि …..
५७ टोलीका युवाहरुले थालेको निःशुल्क खाना खुवाउने अभियान गरिव, दुखी र असहायका हकमा राहत प्याकेज बनेपनि स्थानीय होटल व्यवसायीकालागि भने टाउको दुखाईको विषय बन्न पुग्यो । युवाहरुको पहलमा बसचोकमा टेण्ट नै गाडेर निःशुल्क खाना अभियान थालिएको थियो । उक्त अभियान यतिबेला भने सो स्थानबाट अलि पर सारिएको छ । स्थानान्तरणसँगै अभियानलाई समेत परिमार्जित गरिएको छ । सीमित व्यक्तिकालागि मात्र अभियान जीवन्त राखिएको...

निःशुल्क आँखा जाँच शिविर इनरुवामा सम्पन्न

निःशुल्क आँखा जाँच शिविर इनरुवामा सम्पन्न
इनरुवा। ५७ युवा क्लबको आयोजनामा निःशुल्क आँखा जाँच शिविर इनरुवामा सम्पन्न भएको छ । इनरुवा अस्पताल भित्र रहेको आँखा तथा कान उपचार केन्द्रमा ५७ युवा क्लबको निःशूल्क आँखा जाँच शिबिर शनिबार समपन्न भएको हो । उक्त शिबिरमा २ सय १७ जना आँखाका बिरामीहरुले आँखा जाँच गराएको क्लबले जानकारी गराएको हो। जसमध्ये ४७ जना आँखाका बिरामीहरुमा मोतियाबिन्दु देखा परेको थियो । क्लवका अनुसार मोतियाबिन्दुका बिरामीहरुको श...

उत्साहाजनक रुपमा कोशी पर्यटन महोत्सव समपन्न

उत्साहाजनक रुपमा कोशी पर्यटन महोत्सव समपन्न
इनरुवा। कोशी गाउँपालिकामा केन्द्र सरकार र प्रदेश सरकारले लिएको भिजिट बर्षको लक्ष्य पुरा गर्नका लागि आयोजित कोशी पर्यटन महोत्सव शनिबार समपन्न भएको छ । गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीको अध्यक्षता र प्रदेश नं. १ का प्रमुख प्रतिपक्षी दलका नेता राजिव कोइरालाको प्रमुख आतिथ्यमा सो महोत्सव सम्पन्न भएको हो । भ्रमण बर्ष २०२० मा संघीय सरकारले लिएको २० लाख पर्यटक भित्रयाउने र प्रदेश १ सरकारले ५ लाख पर्यटक भ...

भोक्राहा नरसिंहमा मोटरसाईकल दुर्घटना हुदा एकको मृत्यु

भोक्राहा नरसिंहमा मोटरसाईकल दुर्घटना हुदा एकको मृत्यु
इनरुवा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-८ सोनीयाई टोलमा भएको मोटरसाईकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । बुधवार दिउँसो ३ बजेको समयमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको स ३ प ७०१२ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा मोटरसाईकल चालक स्थानीय ४५ बर्षीय शिवनारायाण यादव र निजकै श्रीमती ४० बर्षीय सबिता देवी यादव घाईते भएका थिए । घाईते दुबै जनालाई उपचारको लागि बिराटनगरको न्यूरो अस्पत...

सुनसरीको इनरुवा सहित ७ पालिकामा दादुरा रुबेला खोप लगाइदै

सुनसरीको इनरुवा सहित ७ पालिकामा दादुरा रुबेला खोप लगाइदै
पहिलो चरण अन्र्तगत सुनसरीमा आज इनरुवा सहित ७ पालिकामा दादुरा रुबेला खोप लगाइदै छ । स्वास्थ्य कार्यालय सुनसरीका अनुसार आज सुनसरीको धरान उप महानगरपालिका सहित इनरुवा र दुहवी नगरपालिकाको साथै देवानगञ्ज, हरिनगर, कोशी र भोक्राहा नरसिंह गाउँपालिकामा दादुरा रुबेलाको खोप लगाउनुका साथै पोलियो थोपा समेत खुवाइदै छ । हरेक स्थानीय तहमा पायक पर्ने गरी वडागत रुपमा खोप केन्द्र निर्धारण गरिएको स्वास्थ्य प्रमुख स...
trusted online casino malaysia